श्रम सम्झौता अनुसार बेलायतजाने नेपालका नर्सले महिनामा ४ लाख तलब पाउने


काठमाडौँ — नेपाल सरकारले गरेको द्विपक्षीय श्रम समझदारी अनुसार  बेलायत जाने नेपालका नर्सले मासिक ४ लाख रुपैयाँ सम्म पारिश्रमिक पाउने भएका छन ।

नेपाल र बेलायतबीच गत सोमबार बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

बेलायतको कानुन अनुसार लाइसेन्स लिएपछि नेपालको नर्सले वार्षिक ४८ लाख रुपैयाँ अर्थात २७ हजार देखि ३२ हजार पाउन्ड सम्म तलब पाउने दुवै मुलुक बिच सम्झौता भएको हो ।

श्रम मन्त्रालयले जनाए अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफ्री काउन्सिल (एनएचएस)’ मा दर्ता भएपछि मात्रै यो तलब सुविधा प्राप्त हुने छ ।

श्रम मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालले नेपालबाट सहायक स्वास्थ्यकर्मीका रूपमा छनोट भएकाहरू बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला नर्स हुने बताए ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्स मात्र नेपाल बेलायत द्विपक्षीय श्रम समझदारी अनुसार भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

उक्त प्रतिस्पर्धा गर्न आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याउनुपर्छ । छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्य सग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

यसका लागि तीन पटकसम्म परीक्षाको मौका दिइनेछ । तीनै पटक उत्तीर्ण हुन नसके भिसा रद्द हुने सह प्रवक्ता भुसालले बताए ।
बेलायतमा दर्ता भइ सकेका नर्सले सीप र क्षमताका आधारमा ५ वर्ष वा त्यो भन्दा बढी अवधि काम गर्न पाउनेछन् ।

सह प्रवक्ता भुसालको अनुसार सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्च बेलायत सरकारले सोधभर्ना गर्नेछ भने भर्नाको सबै प्रक्रिया अनलाइन माध्यमबाट हुनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!