डा.करण साह लाई कुटपिट को विरोधमा आन्दोलन जारी

आन्दोलनरत चिकित्साकर्मीहरुले दिनहु दिउसो २ वजे देखी ३ बजेको समय पेन डाउन हडताल गदै आएका छन । ड्युटीमा खटिएको एप्रोन सहितका डाक्टर अनाहकमा खुट्टा र हातले कुटाइ खानुले मुलुकको स्वास्थ्य क्षेत्र नै प्रभावित बनेको जनाउदै आन्दोलनरत एक डाक्टरले भने–‘ दोषीलाई कडा कारबाही र हाम्रो सहकर्मी  ले न्याय अनुभूति नगर्दा सम्म आन्दोलन जारी रहन्छ ।’


जुम्ला —कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन जारी छ ।

शिक्षण अस्पतालमा भदौ २ गते डाक्टर कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई हदैसम्म कारबाहीको माग गर्दै गत मंगलबार देखी दिनहुँ दिउसो २  बजे देखी ३ वजे सम्म पेन डाउन हडताल गर्दै आएका छन ।

स्वास्थ्य उपचार गराउन आउने बिरामी बढी प्रभावित नहोस भनेर आन्दोलनरत चिकित्साकर्मीहरुले दिउसो २ वजे देखी ३ बजेको समय पेन डाउन हडतालको लागि छानेको बताउँछन ।

यस अघि चिकित्सक, स्वास्थ्यकर्मीहरूले हातमा कालोपट्टी बाँधेर काम गर्ने, इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

चिकित्सक संघको केन्द्रिय उपाध्यक्ष सहितको टोली जुम्ला गएर घटनाबारे जाँच बुझ गरी फर्किएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिए पनि दिनहुँ एक घन्टाको पेन डाउन स्ट्राइक जारी रहेको हो ।

आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले गत विहीवार विरोध र्‍याली सहित जिल्ला प्रशासन कार्यालय गएर चिकित्सक माथि हात पात गर्ने कर्मचारीको मुद्दा बारे विस्तृत जानकारी समेत लिदै कडा भन्दा कडा कारवाहीको मांग गरेको अस्पतालमा कार्यरत एक डाक्टरले बताए ।

ड्युटीमा खटिएको एप्रोन सहितका डाक्टर अनाहकमा खुट्टा र हात ले कुटाइ खानु ले मुलुकको स्वास्थ्य क्षेत्र नै प्रभावित बनेको जनाउदै आन्दोलन रत एक डाक्टरले भने–‘ दोषीलाई कडा कारबाही र हाम्रो सहकर्मी  ले न्याय अनुभूति नगर्दा सम्म आन्दोलन जारी रहन्छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाका नकाटिदिएको भन्दै भदौ २ गते आकस्मिक कक्षमा कार्यरत डा. साहमाथि कुटपिट गरेका थिए । उनले कुट पिट गरेको सीसीभीटी फुटेज समेत सार्वजनिक भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!