जारी छ हैजाको संक्रमण


काठमाडौं– राजधानीमा हैजाको २७ वटा केसहरू देखिएको छ । विगत २७दिन देखी काठमाडौं उपत्यकामा हैजा को संक्रमण देखि राखिएको हो ।

हाल सम्म देखिएका २७ जना संक्रमित मध्ये १० वटा केश दिसाको कल्चर द्वारा , १२ वटा केश द्रुत परिक्षण किट वाट एवं ५ वटा केश हयाङ्गिङ परिक्षण द्वारा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

हैजाको संक्रमण देखिएका बिरामीहरू मध्ये २ जना ५ वर्ष मुनीका बालबालिका समेत छन । १५ देखी २४ वर्ष उमेर समुहका ९ जनामा हैजा देखिएको छ ।

गत असार २ गते काठमाडौं बागबजारमा कोठा लिएर बस्ने दिदी र बैनी मा हैजा पुष्टि भएपछि जारी सङ्क्रमणको विस्तार अझै रोकिएको छैन । हाल राजधानीमा फैलिरहेको हैजा ‘ओ–वन’ ओगावा ‘सेरोटाइप’, को हो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.शेर बहादुर पुनका अनुसार यो वर्षको पहिलो प्रयोगशाला प्रमाणित हैजा देखिएका दिदीबहिनीमा ‘ओ–वन’ ओगावा ‘सेरोटाइप’, को हैजा देखिएको हो । यो सेरो टाइपले प्रकोपलाई निम्त्याउने गरेकोले विशेष सतर्कता आवश्यक रहेको समेत डा.पुन औल्याउछन ।

भिब्रियो कलेरी ब्याक्टेरियाबाट संक्रमित दुषित खाना वा पानी खादा कुनै फनि व्यक्तिलाई हैजा हुन सक्छ । महामारीको समय सामान्यतया हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलिने गरिन्छ ।

हाल उपत्यकामा घारा , ट्युबेल, जार लगायतका पानीको परिक्षण गर्दा संकलित नमुनाहरू मध्ये केहीमा ‘कोलिफर्म’, ‘इकोलाइ’ लगायतका संक्रमण देखिएको छ ।

हैजाको जीवाणु शरीरमा प्रवेश गरे पछि यो रोगको लक्षण दुई घन्टा देखी पाच दिन सम्ममा देखिन सक्छ ।हैजा को समय मै उपचार नगरिए केही घन्टा मै बिरामीको मृत्यु हुन सक्छ । हैजावाट बचाउको उपाय मुख्य रुपमा शुद्ध खाना र खाने पानी, पर्याप्त सरसफाइ नै हो ।

विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)को अनुमान अनुसार विश्वमा हरेक वर्ष हैजाको १३ लाख देखी ४० लाख मामिला देखिन्छ र विश्व भरीमा हैजा ले २१ हजार देखी १ लाख ४३ हजार जनाको मृत्यु हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!