काठमाडौं उपत्यकामा बढ्दो डेंगु संक्रमण

टेकु अस्पतालमा भर्ना रहेका डेँगु संक्रमित मध्ये धेरै जसोमा १०४–१०५ डिग्री सम्म कडा ज्वरो, बेस्सरी टाउको/जिउ दुख्ने, वाकवाकी, वान्ता हुने, खान मन नलाग्ने, पेट दुख्नुको साथै धेरै बढी कमजोरी लाग्ने जस्तो लक्षण देखि राखिएकोछ


काठमाडौंकाठमाडौं उपत्यकामा पछिल्लो केही समय देखी घर भित्र वा वाहिर दिउसो टोक्ने लामखुट्टेले हुने डेंगु संक्रमण बढेको  

कालिमाटी, बल्खु, सीतापाइला, पाटन लगायतका क्षेत्रबाट डेँगुका बढी मात्रामा बिरामी उपचारको लागि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगी रहेका छन  

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार अगस्ट महिनाको पछिल्लो तिन सातामा ललितपुरमा सय ६४, काठमाडौँमा ८५ भक्तपुरमा ११ जना डेंगु संक्रमित पाइएको  

टेकु अस्पतालमा पछिल्लो केही दिन देखी दिनहुँ सरदर ६० देखी ७० जना डेंगु सङ्क्रमितहरू उपचारका लागि आउने गरेका छन यसरी आउने रोगी मध्ये धेरै जसो उपत्यकाका केही उपत्यका बाहिरका समेत छन  

टेकु अस्पतालमा भर्ना रहेका डेँगु संक्रमित मध्ये धेरै जसोमा १०४१०५ डिग्री सम्म कडा ज्वरो, बेस्सरी टाउको/जिउ दुख्ने, वाकवाकी, वान्ता हुने, खान मन नलाग्ने, पेट दुख्नुको साथै धेरै बढी कमजोरी लाग्ने जस्तो लक्षण देखि राखिएको प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले बताए  

डेगुमा देखी दिन सम्म ज्वरो आउने, आखाको गेडी दुख्ने , माशंपेशी जोर्नीहरू दुख्ने, अरुचि, पेट तथा आन्द्रामा गडबडी, डावरहरु आउने लगायतका समस्या देखिन्छ केही बिरामीमा शुरु मे शरीरमा बिमिरा आउँछ भने केही मा डन्डिफोर जस्तो डाबर आउन सक्छ

डेँगु ज्वरो अति तिब्र प्रकारको विषाणु जन्य रोग रहेको औँल्याउदै डा.दास भन्छन–‘ज्वरो आइ रहेको अवस्थामा केही बिरामीमा नाक गिजा वाट रगत बग्ने छाला मुनी रक्त स्राव हुने हुन सक्छ तर डेंगु हेमोरेजिक ज्वरो बाहेक अन्य ज्वरोमा मृत्युदर एकदमै न्यून

डेंगु हेमोरेजिक ज्वरो भएका बिरामीहरूलाई विशेष हेरचाहको लागि अस्पताल भर्ना गर्नु पर्ने समेत उनी बताउँछन पछिल्लो एक महिना देशी उपत्यकामा बढी मात्रामा शुरु भएको डेँगुको संक्रमण अझै दशैँ तिहार सम्म जारी रहने आकलन गरिएको  

उपत्यकामा जाडो याम आउन्जेल यस पटकको डेँगुको संक्रमण जारी नै रहने जनाउदै डा.शर्माले भने–‘दिउसो टोक्ने लामखुट्टेको जोगाइ वाट बाच्नु पर्यो, डेगी गराउने लामखुट्टेको प्रजनन स्थल सफा स्थिर पानी भरिएको ठाममा लार्भाहरू देखिए तुरुन्त नष्ट गर्नु पर्यो ’ डेंगु

डेंगु सार्ने एडिज लामखुट्टे मानव वस्ती वरिपरि प्राकृतिक वा कृत्रिम रूपले जमेको पानी , खुल्ला पानीको टयाङ्की, खुल्ला पानीका भाँडाकुँडा, थोरै भन्दा थोरै पनि पानी जम्ने भाडा कुडा जस्तै सिसिको बिर्को समेतमा लामखुट्टेले फुल पारी वृद्ध विकास गर्ने भएकोले यस्ता वासस्थान खोजेर लार्भा नष्ट गर्नु पर्छ  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!