तिजको दर खाएका एउटै गाउका सय भन्दा बढी बिरामी


गोरखा —गोरखा नगरपालिका –७ , मान्द्रेढुङ्गा मा तिजको दर खाएका एउटै गाउ का एक सय भन्दा बढी व्यक्ति बिरामी परेका छन् । मान्द्रेढुङ्गा का महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।

भोज खाएर बिरामी परेकालाई गत शनिबार साँझ देखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको स्वास्थ्यकर्मीले बताए ।

कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही दिन साँझदेखि  भोज खाएका धेरै जसो बिरामी परेका वडाध्यक्ष विष्णु श्रेष्ठले बताएका छन ।

बिरामीलाई स्वास्थ्यकर्मी को टोलीले उपचार समेत शुरु गरेका जनाउदै श्रेष्ठले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरिएको बताए । हाल बिरामी परेकाहरू विस्तारै निको हुँदै गएका छन् भने केहीलाई अहिले पनि घरमै स्लाइन पानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले बताइन ।

बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले जनाइन । बिरामीमध्ये धेरै जसोको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ भने केही आफैं गोरखा अस्पताल पुगेर समेत उपचार गराइरहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!