जापानी इन्सेफ्लाइटिस बाट देवचुलीमा दुई जनाको मृत्यु

जापानी इन्सेफ्‌लाइटिस भाइरस(जेइभी) ‘फलेभी भाइरस’,  हो । यो भाइरस डेँगु, यलो फिभर र वेस्ट निल भाइरस सँग सम्बन्धित छ र लामखुट्टेको टोकाइबाट फैलिन्छ । एशियामा वर्षेनी ६८ हजार भाइरल इन्सेफ्‌लाइटिसको क्लिनिकल केश देखिने गरिन्छ । डब्लुएचओका अनुसार लक्षण भएका जापानी इन्सेफ्‌लाइटिस दुर्लभ छ तर इन्सेफ्‌लाइटिस भएका केशहरुमा मृत्यु खर ३० प्रतिशत सम्म हुन सक्छ । इन्सेफ्‌लाइटिस भएका स्थायी न्युरोलोजिकल वा मनोचिकित्सा सम्बन्धी असमान्यता ३० प्रतिशत देखी ५० प्रतिशत सम्ममा हुन सक्छ । यो रोगको कुनै उपचार छैन ।


पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा जापानी इन्सेफ्‌लाइटिस ले दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उपचारको क्रममा देवचुली नगरपालिका का दुई जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु भएका दुई मध्ये एक जनाका उपचारको क्रममा चितवनको अस्पतालमा  सोमबार मृत्यु भएको हो भने अर्को एक जनाको मृत्यु करिव एक साता अघि भएको हो ।

जापानी इन्सेफ्‌लाइटिस गैँडाकोटका एक जना र हुप्सेकोट गाऊ पालिकाका अर्का एक जनामा पनि देखिएको छ । ती दुवै जनाको चितवनका अस्पतालमा सघन उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ  ।

जापानी इन्सेफ्‌लाइटिस भाइरस(जेइभी) ‘फलेभी भाइरस’,  हो । यो भाइरस डेँगु, यलो फिभर र वेस्ट निल भाइरस सँग सम्बन्धित छ र लामखुट्टेको टोकाइबाट फैलिन्छ ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को अनुसार जापानी इन्सेफ्‌लाइटिस भाइरस एशियाको धेरै राष्ट्रहरूमा भाइरल इन्सेफ्‌लाइटिस हुने मुख्य कारण हो ।

एशियामा वर्षेनी ६८ हजार भाइरल इन्सेफ्‌लाइटिसको क्लिनिकल केश देखिने गरिन्छ । डब्लुएचओका अनुसार लक्षण भएका जापानी इन्सेफ्‌लाइटिस दुर्लभ छ तर इन्सेफ्‌लाइटिस भएका केशहरुमा मृत्यु दर ३० प्रतिशत सम्म हुन सक्छ ।

इन्सेफ्‌लाइटिस भएका स्थायी न्युरोलोजिकल वा मनोचिकित्सा सम्बन्धी असमान्यता ३० प्रतिशत देखी ५० प्रतिशत सम्ममा हुन सक्छ ।यो रोगको कुनै उपचार छैन ।

यसको उपचार अन्तर्गत लक्षणहरू कम गर्न र बिरामीलाई संक्रमण सँग जित्न सघाउने गरिन्छ । जापानी इन्सेफलाइटिस को लागि सुरक्षित र प्रभावकारी खोप उपलब्ध छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!