विना कुनै खर्च नेपाली नर्स काम गर्न बेलायत जाने, महिला र पुरुष सबैले आवेदन गर्न सक्ने

दुई देशबीच भएको समझदारी अनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ


काठमाडौँ —नेपाल सरकारले बेलायत सँग द्विपक्षीय श्रम समझदारी गरेको छ । यो समझदारीबाट नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीमा संलग्न हुने अवसर मिलेको छ ।

नेपाल र बेलायतबीच सोमबार बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन ।

उक्त समझदारीमा पक्र हस्ताक्षर गर्ने कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको समेत उपस्थिति थियो ।

दुई देशबीच भएको समझदारी अनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ ।

नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापना र सेवा सुविधा सम्बन्धी मापदण्ड छलफलमै रहेको र कार्यान्वयन ढाँचा अनुसार हुनेगरि द्विपक्षीय सहमति भएको श्रम मन्त्रालयका सह प्रवक्ता डा थानेश्वर भुसालले जनाए ।

बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग र नेपालको वैदेशिक रोजगार विभाग बीच आवश्यक समन्वय बाट स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया अगाडि बढ्नेछ । यस्तै दुवै मुलुकको सरकारी निकायको सहभागितामा कार्यान्वयन प्रोटोकल तय गरिने समझदारी समेत भएकोछ ।
समझदारी पछि जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग एवं बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रिया अनुसार हुनेछ । स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया सँग सम्बन्धित सबै जानकारी लाई श्रम मन्त्रालयको वेबसाइटमा समेत राखिने व्यवस्था मिलाइने छ ।

आवश्यक योग्यता पुगेका व्यक्तिले बेलायत रोजगारीका लागि अनलाइन वाट वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्छन् । सम्झौता अनुसार जनशक्तिको भर्नाका लागि तेस्रो पक्षको संलग्नता रहने छैन ।

योग्यता पुगेका महिला र पुरुष सबैले आवेदन गर्न सक्छन् भने सबैका लागि समान अवसर समेत प्रदान गरिएको छ ।नेपाली राहदानी बाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्ष बीचको हुनुपर्नेछ । त्यस्ता जनशक्तिले स्टाफ नर्सका रुपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ ।

नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकलाई अङ्ग्रेजी भाषामा दक्ष हुनुपर्नेछ भने अङ्ग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनुपर्नेछ ।

छनोट चरण उक्तीर्ण गर्ने व्यत्तिले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । शून्य लागतमा स्वास्थ्य क्षेक्रका जनशत्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!