अरूको ज्यान जोगाउने डाक्टर, आमाको मृत्युको कारण खोज्दै, गृहमन्त्री रबी लामिछाने सँग न्यायको गुहार


कञ्चनपुर (सप्तरी) – कञ्चनपुर –८, सप्तरी जिल्ला, मधेश प्रदेश घर भएका डा. तुलाकृष्ण गुप्ता, विगत ८ वर्ष देखी दुर्गम जिल्ला जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मार्फत निरन्तर स्वास्थ्य सेवा दिँदै अहोरात्र आम नेपालीको ज्यान जोगाउन खटिरहेका छन ।

अस्पतालमा एसोसिएट प्राध्यापक एवं जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिन विभागको प्रमुख रहेका डा.गुप्ता आफ्नो आमाको मृत्युको कारण, वाहन ठक्करले गर्दा मस्तिष्कमा लागेको ‘ब्रष्ट लोव’, अर्थात् अति कडा चोट जसले गर्दा मस्तिष्कको एउटा भाग नै ब्रष्ट भएको मा प्रस्ट छन् । तर त्यत्रो कडा ठक्कर वाट लागेको त्यो चोट कुन मोटरसाइकल वा वाहनले दिएको हो, थाहा पाउन प्रहरी लगायतका सरकारी निकाय हरूमा भौँतारी रहेका छन् ।

अरू व्यक्तिको ज्यान जोगाउन लागि पर्ने, बचाउने प्रयास सफल नहुदाँ मृत्यु भए पनि सम्भावित कारणहरू के के हुन सक्छ भनेर खोजी गर्ने चिकित्सक पछिल्लो तिन साता देखी आफ्नो आमा जयमाला गुप्ता लाई ठक्कर दिएर मृत्यु वरण गराउने मोटरसाइकल (सवारी) चालक लाई कानुनको दायरामा ल्याउन प्रयास रत भए पनि केही हुन सकेको छैन ।

जेठ ९ गते राती करिब ८ वजे मोटरसाइकल दुर्घटनामा परेर आमा जटिल रूपमा घाइते भएको र उपचार को क्रममा जेठ १५ गते नोवेल मेडिकल कलेजमा मृत्यु भएको डा.गुप्ता बताउँछन । उनको ५६ वर्षीय आमा जयमाला गुप्ता कञ्चनपुरको बैरियर चौकमा रहेका मन्दिरमा अष्टजाम पुजा मा सरिक भएर घर फर्किरहेको समय यो दुर्घटना भएको हो । ९ वर्ष अघि नै बुवा गुमाइ सकेका डा.गुप्तालाई यो दुर्घटनाले आमा को माया वाट समेत वञ्चित गरेको छ ।

डा.गुप्ता आफ्नो आमा को मृत्युको कारण रहेको सडक दुर्घटनामा संलग्न वाहन र चालक को हुन र उनिहरु लाई कानुनी दायरामा ल्याएर न्याय पाउने खोजीमा निरन्तर लागि परे पनि उपलब्धि केही हासिल हुन सकेको छैन । नेपालहेल्थप्रेसले केही स्थानीय व्यक्ति सँग सम्पर्क गर्दा उनीहरूले यो दुर्घटना को विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

‘म इमानदारी साथ दिनहुँ आफ्नो बिरामीको ज्यान जोगाउने प्रकृयामा लाग्ने व्यक्ति हुँ, कसरी दुर्घटना भयो ? दोषी को हो? वा होइन आदिबारे जान्न प्रहरी समक्ष निवेदन गर्दा गर्दा वाक्क भइ सकेको छु’, डा.गुप्ताले आफूलाई यो प्रकरणले गर्दा मुलुकको प्रहरी प्रशासन लगायतका प्रणाली वाट विश्वास उठ्न थालेको गुसानो सहित नेपालहेल्थप्रेससँग कुरा गर्दे भने–‘ अहिले सम्म मेरो अब्जरभेसन (अवलोकन) मा प्रहरी, प्रशासन, स्थानीय केही ठूला वडा आदि यो प्रकरण, दुर्घटनालाई लाई दबाउने प्रयासमा छन् ।’

उनले स्थानीय सरकारी निकायबाट न्याय पाउन असहज देखेपछि जिल्ला प्रशासन कार्यालय सप्तरी लाई बोधार्थ दिँदै गृहमन्त्री रबी लामिछाने लाई समेत न्यायको लागि जेठ २७ गते लिखित निवेदक दिएका छन् ।

‘आखिर दुर्घटनाको तिन साता विति सक्दा पनि किन दुर्घटना गराउने मोटरसाइकल र चालक पहिचान हुन सक्दैन’, डा.गुप्ता भन्छन–‘किन इन्भेस्टिगेसन (अनुसन्धान) ले गति लिदैन, आखिर अवरोधको कारण के हो ?’

इलाका प्रहरी कार्यालय कञ्चनपुर का इन्स्पेक्टर अवधकिशोर ओझा सँग नेपालहेल्थप्रेसले यो घटनाको विषयमा जानकारी लिदा उनले यो घटना वा दुर्घटना कसरी के भएको हो अझै सम्म स्पष्ट नभएको बताए । दुर्घटना भएको दुई दिन पछि यो बारे मौखिक जानकारी आएको उनले जनाए ।

‘अझै सुनिश्चित हुन सकेको छैन यो मोटरसाइकल दुर्घटना हो की के हो? राती ८, सवा ८ बजे तिर सडकमा उहाँ हिँडेको बारे सुनेका थियौँ’, ओझा आफूहरूलाई यसबारे कुनै पनि प्रष्ट जानकारी नरहेको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!