विश्व सुर्तीजन्य पदार्थ रहित दिवस

एक प्याकेट चुरोट पिउँदा तपाइको आयु ३ घण्टा ४० मिनेट घट्छ

एउटा चुरोटले ११ मिनेट आयु घटाउँछ


पत्याउनु हुन्छ ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार एउटा चुरोटले तपाइको ११ मिनेटको आयु घटाउँछ भने एउटा पूरै प्याकेट ले जीवन कालमा ३ घण्टा ४० मिनेट को कमी ल्याउँछ । थाहा पाउदा अचम्म लागे पनि वास्तविकता यही हो ।

सुर्ती जन्य पदार्थ र धूम्रपान जन्य पदार्थको सेवनबाट विश्वमा हरेक ६ सेकेन्डमा एक जनाको मृत्यु भइरहेको छ । तमाखुले आफ्नो आधा प्रयोगकर्ता जसले यसलाई त्याग्दैनन् लाई मार्ने गरेको छ ।

डब्लुएचओ को अनुसार तमाखु ले प्रत्येक वर्ष ८० लाख भन्दा बढी मानिसहरूको ज्यान लिन्छ, जसमा अनुमानित १३ लाख धूम्रपान नगर्ने हरू छन् जो सेकेन्ड हेन्ड स्मोक (अपरोक्ष धुम्रपान) को सम्पर्कमा छन् ।

डब्लुएचको अनुसार सबै प्रकारका सुर्ती जन्य पदार्थको प्रयोग हानिकारक छ,  र सुर्ती जन्य पदार्थको जोखिमको कुनै सुरक्षित समेत स्तर छैन । त्यसैले म दिनमा मात्र २–३ वटा चुरोट खान्छु वा एक/दुई पटक सुर्ती जन्य पदार्थ सेवन गर्छु भनेर आफू यसको दुष्प्रभाव वाट मुक्त रहने सोच समेत राख्नु गलत हो ।

चुरोटमा तमाखु हुन्छ जसले शरीर भित्रका प्रणालीहरूलाई असर गर्छ । सुर्तीमा लगभग ७००० विषाक्त पदार्थहरू हुन्छन् जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। हृदय रोगको एक प्रमुख जोखिमको कारक हुनुको अलावा, सुर्तीले क्यान्सर र फोक्सो, मृगौला रोगहरू निम्त्याउँछ । चिकित्सकहरूको अनुसार पान मसाला, गुटका, तमाखु सेवन र चुरोटको बानी युवाहरूमा मुखको क्यान्सरको सबैभन्दा ठूलो कारण हो ।

डब्लुएचओको अनुसार बालबालिकाहरूले सबै क्षेत्रहरूमा वयस्कहरू भन्दा बढी दरमा ई–चुरोट प्रयोग गरिरहेका छन् र विश्वव्यापी रूपमा १३ देखि १५ वर्ष उमेरका अनुमानित ३ करोड ७० लाख युवाहरूले सुर्ती प्रयोग गर्छन् ।

नेपालमा सुर्ती जन्य पदार्थ ले हुनेरोगहरूलेगर्दा वर्षेनी ३५ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । तर मुलुकमा सुर्ती जन्य पदार्थले गर्दा हुने अन्य प्रसस्त स्वास्थ्यजटिलताहरूबारेहाल सम्म वास्तविक अनुमान समेत गरिएको छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!