कांग्रेसका बरिष्ठ नेता प्रदिप गिरीको निधन 


काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता एवं सांसद प्रदिप गिरीको निधन भएको छ । ७४ वर्षीय गिरीको नेपाल मेडिसिटी अस्पतालमा भण्डै एक महिना देखि उपचार भइ रहेको थियो ।
अस्पतालको अनुसार गिरीको राती ९ बजेर ३मिनेटमा निधन भएको हो । छिमेकी मुलुक भारतमा घाटीको क्यान्सरको उपचार गराएर मुलुक फर्किए पछि गत साउन ९ गते स्वास्थ्यमा समस्या देखिए पछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरीको उपचारमा क्यान्सर रोग विशेषज्ञ डा.पंकज बर्मन लगायतका टिम संलग्न थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!