कुटपिट का सिकार डा.करण साहको स्वास्थ्यमा समस्या पछि अस्पताल भर्ना

‘डा.साहको हाल टाउको दुखेको, ३ चोटी वान्ता भएको, रक्तचाप ८०/६० रहेको, नाडीको गति उच्च देखिएको र भाइटल हरु स्थिर नरहेको अस्पतालको इमर्जेन्सी विभागमा ड्युटीमा रहेका डा.विनोद बरालले बताए । विहीवार डा. साहलाइ खुट्टा, हातले कुटपिट गरियो, नाक वाट रगत आएको थियो, अनुहारमा ‘३ गुणा २ सेन्टिमिटरको कन्टियुजन (भित्री चोट) थियो


काठमाडौं –आफनै स्थानीय सहकर्मीको कुट पिट का सिकार भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत डा.करण साह को स्वास्थ्य अवस्थामा समस्या देखिए पछि शनिवार अस्पताल भर्ना गरिएको छ ।

प्रतिष्ठान कै कर्मचारी वाट विहीबार विहान ९ बजेर १८ मिनेटमा कुटिएका डा.साहको हाल टाउको दुखेको, ३ चोटी वान्ता भएको र भाइटल हरू स्थिर नरहेको अस्पतालको इमर्जेन्सी विभागमा ड्युटीमा रहेका डा.विनोद बरालले जानकारी दिए ।

डा.साहको रक्तचाप समेत कम देखिएको छ । हाल उनको रक्तचाप ८०/६० छ भने नाडीको गति उच्च देखिएको डा.बरालले बताए । हाल प्रतिष्ठानको शिक्षण अस्पतालमा डा.साहको उपचार जारी छ ।

गत विहीबार विहान प्रतिष्ठानका प्रशासन तर्फका चौथो तहको कर्मचारी धनबहादुर शाहीले महोत्तरी जिल्ला घर भएका डा.साह लाई कुट पिट गरेको चिकित्सकहरूले बताए ।

डा.साहले विहीवार इमर्जेन्सी ड्युटीमा रहेका अन्य डाक्टरमाथि हाथ न उठाउनुस् ‘यो ओपिडी’ पेसेन्टमा गरिने उपचार रहेको शाहीलाई भने पछि हात पात गरिएको ती चिकित्सकले जनाए ।

शाही आफनो छोराको टाका काटन इमर्जेन्सी विभाग पुगेका थिए र पछि वाद विवाद हुँदा हातपात गरेको नेपाल चिकित्सक संघ जुम्ला शाखाका उपाध्यक्ष डा.कमल थानीले समेत जनाए ।

घटनाका प्रत्यक्ष दर्शी समेत रहेका शिक्षण अस्पतालका एक चिकित्सकले नेपालहेल्थप्रेसडटकम संग भने–‘डा.करन साहलाई खुट्टा, हातले कुटपिट गरियो, नाक वाट रगत आएको थियो, अनुहारमा ‘३ गुणा २ सेन्टिमिटरको कन्टियुजन ( भित्री चोट) छ ।

ती चिकित्सकका अनुसार डा.साहलाइ घटना भएको दिन विहीबार अण्डकोषमा समेत दुखेको थियो, उनी सास लिन अप्ठ्यारो अनुभव गरेका थिए ।

महोत्तरी जिल्लाका डा.साह ले कानुनी कारवाहीको प्रकृया थाल्दा व्यापक रुपमा स्थानीय र अन्य वाट दवाव आएको जनाउदै कार्यरत एक चिकित्सकले भने–‘हामी प्रतिष्ठान प्रशासन सँग बैठक बस्यौ, बारम्बार कारवाहीको माग गर्दा प्रतिष्ठानका अधिकारीहरूले शाही सँग स्पष्टीकरण सोध्ने कुरामा मात्र सहमत भयो ।’

‘भिडियो हेर्न सक्नु हुन्छ, ड्युटीमा रहेको डाक्टरलाई, निर्ममता पूर्वक कुटपिट गर्नेलाई ‘स्पष्टिकरण’, मात्र सोध्ने रे यो कहाको न्याय हो’, ती चिकित्सकले भने–‘विहान ९ वजे भएको घटनाको लागि व्यापक विरोध जनाए पछि मात्र राती ८ बजेर ३० मिनेटमा हामी प्रशासनमा एफआइआर बुझाउन सक्यौ ।’

प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूले कार्यस्थलमा चिकित्साकर्मीलाइ कुटपिट गर्ने माथि ‘जेल विद् आउट बेल’, को कानुन लागू भइ सकेको अवस्थामा अझै प्रतिष्ठानका पदाधिकारी, स्थानीय प्रशासन लगायतकाले दोषीलाई जोगाउन खोजेको आरोप समेत लगाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!