के हो रुट क्यानल ट्रिटमेन्ट?

प्रधानमन्त्री प्रचण्डले वीर अस्पतालमा दुई वटा दाँतको जराको उपचार गराए


काठमाडौं–प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ बुधवार दिउँसो वीर अस्पतालमा माथिको दायाँ पट्टि को दुई वटा दाँत (बंगाराको) को जराको उपचार गराएका छन् ।

गत मंगलबार देखी नै दाँत दुखाइको समस्या देखिए पछि प्रधानमन्त्री प्रचण्डले बुधवार यो समस्या झन् बढेपछि दन्त परीक्षण र उपचारको लागि दिउसो वीर अस्पताल पुगेका हुन ।

वीर का ओरल एण्ड म्याक्जिलो फेसियल सर्जन डा.किशोर भंडारीले नेपालहेल्थप्रेस सँग भने–‘प्रधानमन्त्री ज्यूको माथिको दायाँ पट्टिको दुई वटा बङ्गारामा किराले खाएको समस्या देखिए पछि आरसीटी (रुट क्यानल ट्रिटमेन्ट) गरिएको हो ।’ डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँत को परीक्षण र उपचार गरेको हो ।

पाँच दिन पछि पुनः प्रधानमन्त्री प्रचण्ड लाई वीरमा आएर आरसिटि गराउनु पर्ने छ । यस पछि प्रधानमन्त्रीको को किराले खाएको दाँत मा क्राउन लगाइने छ ।

झण्डै ७० वर्ष को प्रधानमन्त्री को उमेरको दाँजोमा दाँत को सपोर्ट धरै बलियो देखिएको औँल्याउँदै डा.भंडारीले भने–‘ करिव ३–४ सातामा उहाँको खातको जराको उपचार देखी क्राउन लगाउने सम्मको दाँत को उपचार प्रकृया पुरा हुने छ ।’

स्मरण रहोस् मुलुकमा सबै भन्दा सस्तो दन्त उपचार हुने मध्ये वीर अस्पताल एक हो । डा.भंडारीको अनुसार वीरमा प्रविधिको हिसाबले कुनै कमी छैन ।

के हो रुट क्यानल ट्रिटमेन्ट ? 

रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) मा क्षतिग्रस्त दाँत हटाउनुको सट्टा त्यसको मर्मत गरिन्छ । उपचारको क्रममा, डाक्टरले दाँतको जराबाट नसहरू र पल्पहरू हटाउँछन् । त्यसपछि दाँत लाई जरा देखि सफा गरेपछि यसलाई सिल गरिन्छ । यदि सङ्क्रमणको समयमै उपचार गरिएन भने दाँत वरपरको तन्तुमा संक्रमण हुन्छ । जुन पछि दाँत को घाउ मा परिणत हुन्छ । रूट क्यानल दाँत को जरा को ‘क्यानल’ को सफाइ सँग सम्बन्धित हुन्छ । आरसीटी पछि क्यापिङ (क्राउनिङ्ग) आवश्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!