नेपाली कांग्रेसका नेता एवं सांसद प्रदिप गिरीको अवस्था गम्भिर


काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता एवं सांसद ७४ वर्षीय प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन ।

नेपाल मेडिसिटी अस्पतालमा झन्डै एक महिना देखि उपचाररत रहेका गिरी यस अघि छिमेकी मुलुक भारतमा समेत घाटीको क्यान्सरको उपचार गराएका थिए ।

गिरीको स्वास्थ्य अवस्था गम्भिर रहेको औँल्याउदै क्यान्सर रोग विशेषज्ञ डा.पंकज बर्मनले उनलाई हाल आइसीयुमा ‘नन इनभेन्सिभ भेन्टिलेसन’ मा राखिएको बताए ।

भारत, मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार पछि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिए पछि मेडिसिटीमा भर्ना गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!