तराइमा तातो हावा र तातो लहर, लु वाट जोगिन के गर्ने?

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार लु को असरबाट बच्न तराइ क्षेत्रमा बसोबास तथा यात्रा गर्नेले उच्च सतर्कता अपनाउनु आवश्यक छ


काठमाडौं–जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका भूभागहरूमा आगामी ५ दिन सम्म तातो हावा तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ ।

विभागको अनुसार २०८१ वैशाख १० गते देखि वैशाख १४ गते सम्म तराइ मा तातो हावा र तातो लहर को सम्भावना छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण को अनुसार सो को असरबाट बच्न तराइ क्षेत्रमा बसोबास तथा यात्रा गर्नेले उच्च सतर्कता अपनाउनु आवश्यक छ । विभागले पहाडी भू– भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको पनि जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का पूर्व निर्देशक डा.जिडी ठाकुर को अनुसार शरीरले गर्मी र तापक्रमको परिवर्तनलाई सहन सक्छ । यो गर्मी सहने प्रक्रियामा शरीरबाट पसिना निस्कनु सबै भन्दा महत्वपूर्ण हुन्छ । पसिना ले गर्दा शरीरको ताप वातावरणमा निस्कन्छ । सँगै पसिनाको माध्यमले पानी र नुन पनि निस्किन्छ जसको आपूर्ति गर्न आवश्यक हुन्छ । यदि यो भएन भने गर्मीमा थकाइ महसुस हुन्छ ।

डा.ठाकुरको अनुसार मनुष्यमा पसिना निकाल्ने प्रकृया र शरीरमा नुन र पानी को कमी पुरा गर्दै रहनाले गर्मी लाई सहन सकिन्छ । लू लाग्दा तीव्र ज्वरो , मस्तिष्कमा असर र पसिना नहुनु मुख्य रूपले देखिन्छ ।

लू लाग्दा मस्तिष्क समेत प्रभावित हुन सक्ने भएकोले बिरामी बेहोस समेत हुन सक्छ भने बोल्दा लर्बराउन सक्छ । यसैले लू लागेको व्यक्ति लाई सबै भन्दा पहिला छहारी मा ल्याउनु पर्छ । उ चेत अवस्थामा छ भने ओरल रिहाइड्रेसन सल्ट (जीवन जल) वा नुन चिनी मिसाइएको पानी खुवाउनु पर्ने डा. ठाकुर बताउँछन् ।

भित्री वस्त्र बाहेक अन्य खोलेर शरीरमा हलुको पानी छम्कनु ले पनि फायदा पुग्छ । अर्थात् बिरामीको शरीरका तापक्रम कम गर्ने प्रयास गर्नु पर्छ । यसको लागि कपडा लाई गिलो गरेर समेत बिरामी लाई यसले बेर्न सकिन्छ ।

लू लाग्नाले शरीरको तापक्रम नियन्त्रण केन्द्र मा असर हुन्छ र कहिले कही मृत्यु समेत हुन सक्छ । यदि बिरामीको अवस्था जटिल देखिएको छ, उ बेहोस हुने अवस्थामा छ भने जिउ चिसो पार्दै छिट्टै नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु पर्छ । स्वास्थ्य संस्थामा बिरामी लाई सलाइन चढाइनु लगायतका अन्य चिकित्सा प्रकृया सुचारु गरिने डा.ठाकुर बताउँछन् ।

तातो हावा र लू वाट हुने सम्भावित असर 

  • थकाइ लाग्ने
  • कमजोरी हुने
  • बढी तिर्खा लाग्ने
  • टाउको दुख्ने
  • खुट्टा बाउँडिने
  • चक्कर आउने
  • बेहोस हुने
  • मांसपेशीहरू दुख्ने
  • वान्ता आदि

यसबाट बाच्ने उपाय 

  • तातो हावा र लु वाट बच्न
  • बढी गर्मी भएको समय घर भित्र अर्थात् चिसो ठाउँ मा रहने बाहिरी वातावरण मा नजाने
  • घाममा बढी एक्सपोज नहुने हरेक आधा घण्टामा २००–३०० मिली लिटर पानी खाने
  • दिन भरमा आफ्नो अनुकूल भए सम्म ५–६ लिटर पानी खान सकिन्छ
  • आफू सँग सधैँ पानीको बोतल राख्नु पर्छ हल्का लुगा लगाउने
  • सुती कपडा लगाउने
  • बाहिर निस्किँदा टाउको छोप्ने
  • टोपी लगाउने सानो बच्चा र ६५ वर्ष माथिका हरूलाई छाहारी मै राख्नु पर्छ
  • मदिरा वा मस्तिष्क लाई प्रभावित गर्ने औषधि लिनुहुँदैन
  • स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मी साग सुझाव लिने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस