मुलुक कै पहिलो मानव मिल्क बैक शुरु

यो मानव दुग्ध बैक अन्तर्गत आमाको दूधलाई संक्रमणमुक्त गरि ६ महिनासम्म भण्डारण गरेर आवश्यकता अनुसार शिशुहरूलाई खुवाउन मिल्ने व्यवस्था लागू गरिएको छ


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा अमृत कोषको नामले स्थापित मुलुकको पहिलो मानव दुग्ध बैकको उद्घाटन गरेकी छिन  

यो मानव दुग्ध बैक अन्तर्गत आमाको दूधलाई संक्रमणमुक्त गरि महिनासम्म भण्डारण गरेर आवश्यकता अनुसार शिशुहरूलाई खुवाउन मिल्ने व्यवस्था लागू गरिएको यो केन्द्रको नेपाली नामकरण  अमृत कोष रहेको  

यसले समय नपुगी जन्मिएका, कम तौल भएका अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँछ

यस आमाको दूध भण्डारण केन्द्र अर्थात ह्युमन मिल्क बैकबाट आमाको दूधबाट बञ्चित शिशुहरू प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको  

आमाको दूध खान नसक्ने, आमाले खुवाउन नसक्ने, दुध आउने आमा  लगायतकाको समस्या यो मिल्क बैंकले समाधान गर्न सक्ने अस्पतालका निर्देशक प्रा.डा.अमिर बाबु श्रेष्ठ बताउँछन  

उनको अनुसार आमाले आफ्नो बच्चालाई पुगेर बढी भएको दुध यहा दान गर्न सक्छिन् भने आमाको दूध आउने तर बच्चाले खान नसक्ने हरु वाट संकलित गर्न सकिन्छ  

प्रसुतिगृहको आकलन अनुसार मिल्क बैकले हरेक महिना एक हजार भन्दा बढी शिशुहरूलाई प्रत्यक्ष लाभ दिने  पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष वर्ष उमेर मुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले कम गर्न सकिन्छ यस्तै, जन्मेको पहिलो घण्टा भित्र गराइने स्तनपान सागै पूर्ण स्तनपानले विश्वभरिका सबै नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउन सक्छ

मिल्क बैंकको सफलता बाट नेपालको उच्च शिशु मृत्यु दरमा कमी ल्याउन सहयोग मिल्ने निर्देशक डा. श्रेष्ठ बताउँछन उनको अनुसार निकट भविष्य मै यस्ता केन्द्रहरू देशका सातै प्रदेश हरूमा स्थापना हुने   


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!