पोखरामा मृगौला प्रत्यारोपण गराएका दुवै जना पाँच दिन मै डिस्चार्ज

‘मृगौला प्रत्यारोपण शल्यक्रिया गरिएको पाँच दिन मै सबै थोक सामान्य भएर बिरामी डिस्चार्ज हुनुले प्रत्यारोपणको नतिजा धेरै राम्रो रहेको प्रष्ट हुन्छ’, डा. पुकारचन्द्र श्रेष्ठले भने –‘प्रतिष्ठान र प्रत्यारोपण केन्द्रका प्रत्यारोपण टिम लगायत सबैलाइ बधाइ छ ।’


पोखरा–पाँच दिन अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला प्रत्यारोपण गरिएका दुई जना विहीबार डिस्चार्ज भएका छन । .
हाल दुवै व्यक्तिको मृगौलाले सामान्य काम गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

दुवै जनाको पाँच दिन अघि गत शनिवार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक एवं बरिष्ठ मृगौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

यस अघि समेत डा. श्रेष्ठको नेतृत्वमा गत असार ९ गते प्रतिष्ठानमा पहिलो पटक एक जनाको सफल मृगौला प्रत्यारोपण भएको थियो । उक्त प्रत्यारोपण मुलुक मै उपत्यका बाहेक सरकारी स्वास्थ्य संरचनामा गरिएको पहिलो थियो ।

‘मृगौला प्रत्यारोपण शल्यक्रिया गरिएको पाँच दिन मै सबै थोक सामान्य भएर बिरामी डिस्चार्ज हुनुले प्रत्यारोपणको नतिजा धेरै राम्रो रहेको प्रष्ट हुन्छ’, डा.श्रेष्ठले भने –‘प्रतिष्ठान र प्रत्यारोपण केन्द्रका प्रत्यारोपण टिम लगायत सबैलाइ बधाइ छ ।’

सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत मुलुक मै पहिलो पटक गत महिना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला प्रत्यारोपण सेवा सुरु भएकोमा गत शनिवार गरिएको दुई जनाको प्रत्यारोपण समेत त्यसकै निरन्तरता रहेको डा.श्रेष्ठले बताए ।

पोखरामा प्रत्यारोपण सेवा नियमित अन्तरालमा निरन्तरता पाउदै त्यहाँका विज्ञहरूले आत्म निर्भर भइ आफै प्रत्यारोपण गर्न थाल्ने केन्द्रले जनाएको थियो । हाल केन्द्रले मुलुकका अन्य प्रदेशहरूमा समेत प्रत्यारोपण सेवाको विस्तार गर्ने क्रम जारी राखेको छ ।

कास्की जिल्ला रूपाकोट गाउँपालिकाका, ५३ वर्षीया पुरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शनिवार मृगौला प्रत्यारोपण गरिएको थियो । दुबै जनालाई आ–आफ्नो श्रीमतीले मिर्गौला दान दिएकी थिइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!