‘८१ वर्षीय हजुर बुवा ले आफ्नो मिर्गौला दिएर २१ वर्षीय नातिनीको ज्यान जोगाए’


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८१ वर्षीय हजुर बुवा ले दान दिएको  मिर्गौला २१ वर्षीय नातिनी लाई प्रत्यारोपण गरिएको छ ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं  मिर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा चैत १९ गते उक्त  मिर्गौला प्रत्यारोपण भएको हो ।

दाता जुनसुकै उमेरका भए पनि अंग प्रत्यारोपण गर्न सकिने जनाउँदै डा.पुकारले यस्तो उदाहरण हरू दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा समेत सुधार गर्न सक्ने बताए ।

प्रत्यारोपण पछि अंगदाता ८१ वर्षीय हजुर बुबा चौथो दिन मा र ग्रहणकर्ता नातिनी छैटौँ दिनमा सकुशल डिस्चार्ज भएका छन् ।

प्रत्यारोपण केन्द्रले पछिल्लो १२ वर्ष मा १ हजार २ सय २७ जनाको सफल  मिर्गौला प्रत्यारोपण गरेको छ । यस्तै २३ जनाको कलेजो समेत प्रत्यारोपण गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!