पीसीएल नर्सिङमा मात्र १ हजार २ सय ४० जनाले भर्ना पाउने 

चालु शैक्षिक सत्रमा सीटीईभीटीले नर्सिङ पढ्न ४ लाख ७५ हजार शुल्क तोकेको छ ।पीसीएल  नर्सिङको लागि एक सय शय्या क्षमताको आफ्नै अस्पताल भएका ३३ वटा नर्सिङ कलेजमा मात्रै विद्यार्थी भर्ना खोलेको हो । 


काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी ले प्रमाणपत्र तह (पीसीएल)  नर्सिङको लागि एक सय शय्या क्षमताको आफ्नै अस्पताल भएका ३३ वटा नर्सिङ कलेजमा मात्रै विद्यार्थी भर्ना खोलेको छ ।

चालु शैक्षिक सत्रमा ३३ वटा नर्सिङ कलेजमा १ हजार २ सय ४० जनाले सीटीईभीटीले सञ्चालन गर्ने प्रवेश परीक्षामा सहभागी भएर पीसीएल नर्सिङ पठनपाठन गर्न पाउने छन् । चालु शैक्षिक सत्रको लागि सीटीईभीटीले नर्सिङ पढ्न ४ लाख ७५ हजार शुल्क समेत तोकेको छ ।

यसअघि आफ्नो अस्पताल नभएका नर्सिङ कलेजमा समेत भर्ना लिने निर्णयबाट सरकार पछि हटेपछि सीटीईभीटीले मापदण्ड पुगेका शिक्षण संस्थामा भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

चिकित्सा शिक्षा ऐनले नर्सिङ पढाउन सम्बद्ध शिक्षालयको आफ्ना एक सय शैय्या को अस्पताल चाहिने व्यवस्था गरेको छ । पीसीएल नर्सिङ पढाउन १ सय ९ वटा कलेजले अनुमति पाए पनि ऐनले तोकेअनुसार अस्पताल नभएका कारण अधिकांश कलेज गत शैक्षिक सत्रदेखि नै बन्द छन् ।

ऐन संशोधन गरेर भएपनि सम्बन्धन पाएका सबै नर्सिङ कलेजमा नर्सिङ पढाइ हुने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका थिए । आफ्नै अस्पताल भएका कलेजको भर्ना पनि रोकेर राखिएको थियो । मापदण्ड पूरा गरेका नर्सिङ कलेजमा मात्रै भर्ना खोलिएको सीटीईभीटीका प्रवक्ता विनोद बडाल बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!