सुत्केरी पछि किन कपाल झर्छ? यसलाई कसरी नियन्त्रण गर्ने?

सामान्यतया गर्भावस्था पछि शरीरमा हुने हार्मोन सम्बन्धी परिवर्तनहरूको कारण ले कपाल झर्ने गर्छ, यस लाई नियन्त्रण गर्न सकिन्छ ।


धेरै जसो महिलामा सुत्केरी पछि कपाल झर्ने समस्याको सामना गर्छिन् । यो अवस्थालाई ‘पोस्टपार्टम हेयर लस’, अर्थात् ‘सुत्केरी पछि कपाल झर्ने’ भनिन्छ ।

यो समस्या सामान्यतया गर्भावस्था पछि शरीरमा हुने हर्मोन सम्बन्धी परिवर्तनहरूको कारण हुन्छ । गर्भावस्थामा हार्मोनको मात्रा बढेर कपाल झर्न रोक्छ, कपाल बाक्लो र बलियो देखिन्छ । तर, सुत्केरी पछि, जब हार्मोन सामान्य मा फर्कन्छ, यसले थप कपाल झर्ने कारण बन्छ । प्रसव पछि कपाल झर्नु लाई नियन्त्रण गर्न सकिन्छ । यो अस्थायी हुन्छ र यसबाट सजिलै बच्न सकिन्छ ।

किन कपाल झर्छ ? 

हार्मोन को परिवर्तनले गर्दा समेत कपाल झर्छ । गर्भावस्थामा महिलाको हार्मोनको स्तर बढ्छ, जसले कपाल झर्ने समस्या कम गर्छ । तर, डिलभरि पछि हार्मोन को  स्तर सामान्य अवस्थामा फर्किए पछि, अतिरिक्त कपाल झर्न थाल्छ । बच्चा जन्मिएपछि शरीरमा पोषक तत्त्वको कमी हुनु पनि कपाल झर्नु को कारण हुन सक्छ ।

कपाल झर्न कसरी नियन्त्रण गर्ने? 

  • उचित पोषण आवश्यक । आहारमा प्रोटिन, भिटामिन र मिनरल्सको उचित मात्रा समावेश गर्नु पर्छ । विशेष गरी आइरन, जिंक, भिटामिन सी, डी र ई कपालका लागि आवश्यक हुन्छ ।
  • हल्का कपाल हेरचाह उत्पादनहरू प्रयोग गर्नु पर्छ । कपाललाई कम हानिकारक सल्फेट–रहित शैम्पू र कन्डिसनरहरू छनौट गर्नु पर्छ ।
  • कपालको नियमित मसाज ले फायदा पुर्याउँछ । यस अन्तर्गत सबै ठाउँमा सजिलै पाइने नरिवलको तेल वा बदामको तेलले नियमित रूपमा टाउकोमा मालिस गर्नाले कपालको जरा बलियो हुन्छ ।
  • तनाव कम गर्नु आवश्यक । ध्यान, योग वा कुनै पनि प्रकारको शारीरिक गतिविधि मार्फत तनाव कम गर्ने प्रयास गर्नु पर्छ ।
  • राम्रो र पर्याप्त निन्द्रा लिनु कपालको स्वास्थ्यको लागि धेरै महत्वपूर्ण हुन्छ ।
  • कपालको नियमित छाँटकाँट (ट्र्रिमिंग)ले स्प्लिट एन्डस लाई कम गर्न सक्छ, जुन कपाल झर्ने र टुटने सामान्य कारणहरू मध्ये एक हो ।

(विज्ञ चिकित्सक द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!