मधेशमा मुख्य रूपले ‘बिए.२’, सब भेरियन्टले कोरोना फैलिदै ,केहीमा ‘बिए.५’

मधेश प्रदेश वाहेक हाल सम्म मुलुकमा भएका कुनै पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जिन सिक्वेन्सिङ्ग गरेको छैन । जुलाइ महिनामा कोरोना संक्रमण देखिएका नमुनाहरूको जिन सिक्वेन्सिङ्ग गर्दा ८०प्रतिसतमा ‘बिए.२’ र २० प्रतिसत मा ‘बिए.५’, सवभेरियन्ट पाइयो ।


जनकपुर – मधेश प्रदेशमा हाल १० जनालाई कोरोना हुदा ८ जना लाए ओमिक्रोनको ‘विए.२’, सव भेरियन्ट र २ जनालाई ‘विए.५’ सव भेरियन्टले संक्रमण भएको देखिएको छ ।

जनकपुर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जुलाई महिनामा कोरोना पोजेटिभ देखिएका नमुनाहरूको जिन सिक्वेन्सिङ्ग गर्दा मधेशमा पछिल्लो समय मुख्य रुफले कोरोनाको संक्रमण ओमित्रोनको ‘बिए.२’, भेरिएन्टले नै फैलिएको देखिएको हो ।
ओमिक्रोन कोभीड–१९ को सबै भन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट हाल नेपाल, भारत लगायतका विभिन्न मुलुकमा देखि राखिएको छ ।
ओमिक्रोन को ‘बिए.२’सव भेरियन्ट मधेशमा कोरोना संक्रमण फैलाउने प्रमुख प्रकारको रुपमा देखिएको छ’, जनकपुर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवणकुमार मिश्रले नेपालहेल्थन्युजडटकम सँग भने–‘जुलाइ महिनामा कोरोना संक्रमण देखिएका नमुनाहरूको जिन सिक्वेन्सिङ्ग गर्दा हामीले ८० प्रतिसत मा ‘बिए.२’ र २० प्रतिसत मा ‘बिए.५’, सव भेरियन्ट पायौँ ।’

उनको अनुसार मधेश प्रदेश वाहेक हाल सम्म मुलुकमा भएका कुनै पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जिन सिक्वेन्सिङ्ग गरेको छैन ।

यस अघि जनवरी देखी मार्च महिना सम्म कोरोना संक्रमण देखिएका नमुना हरूको जिन सिक्वेन्सिङ्ग गर्दा सबैमा ओमिक्रोन भेरियन्ट देखिएको थियो ।
यस्तै सन २०२१ को डिसेम्बर महिनाको कोरोना संक्रमण देखिएका नमुनाहरूको जिन सिक्वेन्सिङ्ग गर्दा ‘डेल्टा’, भेरियन्ट भेटिएको थियो । ओमिक्रोन भेरियन्ट देखिनु भन्दा अघि मुलुकमा मुख्य रुपमा डेल्टा भेरियन्ट देखिने गरिएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरले सन २०२१ देखी पोजेटिभ देखिएका नमुनाहरुमा जिन सिक्वेन्सिङ्गको शुरु वात गरे पछि यसलाई निरन्तर रुपमा जारी राखेको छ । कोरोना भनिने एक प्रकारको भाइरसले हुने कोभिड फोक्सो, वायु मार्ग र अन्य अङ्गलाई प्रभावित गर्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!