कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा शुरु


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमवार देखी ब्रोन्कोस्कोपी सेवा शुरु गरेको छ । पश्चिम नेपालको एक मात्र पल्मोनोलोजिष्ट (छाती रोग विशेषज्ञ) डा.अनुस्मृती पालको टोलीले प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा शुरु गरेकोहो ।

ब्रोन्कोस्कोपी को सहयोगले डाक्टर स्वास मार्ग र फोक्सो को जाच गर्छन । यो प्रकृया अन्तर्गत ब्रोन्कोस्कोप भनिने एउटा पातलो नली लाई नाक वा मुख को माध्यमले घाटीमा हालिन्छ । ब्रोन्कोस्कोपीमा सामान्यतया लचिलो ब्रोन्कोस्कोपको उपयोग गरिन्छ ।

उसो केही यस्तो मामिला समेत छन जस्तै फोक्सोमा अत्यधिक रगत बग्नु, घाटीमा केसी अडकिनु आदीमा कठोर ब्रोन्कोस्कोपको उपयोग गरिन्छ ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलका अनुसार कर्णाली क्षेत्रका शंकास्पद क्षयरोग, फोक्सोको क्यान्सर , खकारमा रगत बग्ने, दीर्घ खोकी लगायतको समय मै निदानको लागि यो सेवा महत्वपूर्ण हुने छ ।

फोक्सोको क्यान्सर भएकाहरूको छातीमा भएका ‘लिम्फ नोड’ को जाँच गर्न चिकित्सक अल्ट्रासाउन्ड उपकरण लगाइएको ब्रोन्कोस्कोपको उपयोग गर्छन ।

विज्ञहरूको अनुसार निरन्तर संक्रमण वा खोकी भइ रहेको छ वा एक्सरे प्रतिवेदनमा मा फोक्सोमा केही असाधारण परिणाम देखिए चिकित्सक सामान्यतया ब्रोन्कोस्कोपीको सल्लाह दिन्छन ।

यति मात्र नभइ यसको उपयोग ‘कफ’, घाटी वा फोक्सोको तन्तुको नमुना लिनमा समेत गरिन्छ । घाटी वा फोक्सो मा भएको गाठो(टयुमर) हटाउन समेत ब्रोन्कोस्कोपको उपयोग गरिन्छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र सेवा पुर्याउने उद्देश्यले ६८ साल मा जुम्लामा प्रतिष्ठान स्थापना गरेको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!