‘स्वास्थ्य मन्त्रीले भने, ‘यस्तै पारा रहे सन २०२६ सम्म पनि दादुरा–रुबेला निवारण हुदैन’

स्वास्थ्य मन्त्रीले खोप कार्यक्रममा स्वास्थ्य मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।


काठमाडौं– स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले हाल कै कार्य शैलीमा काम गरे सन् २०२६ सम्म समेत दादुरा–रुबेला निवारण हुनेमा आफू विश्वस्त हुन नसकेको बताएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा ले मंगल बार आयोजना गरेको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/०८१ को उच्चस्तरीय बैठक लाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रीले कर्मचारीको कार्य शैली प्रति असन्तुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताएका हुन ।’

सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिए पनि हालकै गतिमा काम गर्दा त्यो सम्भव नभएकोले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको समेत मन्त्री बस्नेतले बताए ।

दादुरा–रुबेला सन् २०२३ मै निवारण गरि सक्ने लक्ष्य लिए पनि कर्मचारीकै ढिलासुस्ती र गैर जिम्मेवारीका कारण पुरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको जनाउदै स्वास्थ्य मन्त्री बस्नेत ले भने–‘जिम्मेवारीका साथ काम नभइ रहेकोले फेरि अर्को मिति तोक्नु पर्ने अवस्था आउन हुँदैन ।’

स्वास्थ्य मन्त्रीले खोप कार्यक्रममा स्वास्थ्य मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असन्तुष्टि समेत व्यक्त गरेका छन् । मुलुकभरि ७२ वटा पुर्न खोप जिल्लाका रूपमा घोषणा गरि सकिएको भए पनि देश भरि पूर्ण खोप लिएका बालबालिकाको संख्या ५२ प्रतिशत मात्र किन भएको प्रश्न समेत उनले कार्यक्रममा उपस्थित स्वास्थ्य अधिकारीहरू सँग गरेका थिए ।

मन्त्री बस्नेतले कार्यपत्रमा प्रस्तुत तथ्याङ्क बारे प्रश्न गर्दै भने भने–‘एकातिर ५ जिल्ला बाहेक देशका ७२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिसकेको भन्दै हुनुहुन्छ, अर्कोतिर देश भरि ५२ प्रतिशत बालबालिका ले मात्र पूर्ण खोप लिएको समेत भन्दै हुन हुन्छ । यो कस्तो तथ्यांक हो ?’ उनले स्वास्थ्यका कर्मचारीको अहिले को काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!