५ देखि ११ वर्षका लाइ आगामी आइतबार (भदौ ५) देखि कोरोना विरुद्धको खोप दिइदै

दोस्रो चरण अन्तर्गत ५० जिल्लामा फाइजर खोप लगाइनेछ । खोपको पहिलो मात्रा भदौ ५ देखि ११ गते सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने छ । 


काठमाडौँ — सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड विरुद्धको दोस्रो चरणको खोपको पहिलो मात्रा आगामी आइतबार (भदौ ५) देखि दिने भएको छ ।

मुलुकमा ५ देखी ११ वर्ष उमेर समूहका करिब ३९ लाख बालबालिका छन् । दोस्रो चरण अन्तर्गत ५० जिल्लामा फाइजर खोप लगाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोपको पहिलो मात्रा भदौ ५ देखि ११ गते सम्म दिइने जनाइएको छ । यस्तै उक्त खोपको दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने छ ।

विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)ले फाइजर खोपलाई  ५ वर्ष र यो उमेर  भन्दा माथिका बालबालिकाका लागि स्वीकृत गरेको छ । यो खोपको दोश्रो मात्रा तिन साताको अन्तरालमा दिइन्छ ।

दोश्रो चरणको खोप अन्तर्गत आइतबार देखी प्रदेश १ को भोजपुर , धनकुटा , खोटाङ , ओखलढुङ्गा , पाँचथर , सङ्खुवासभा , सोलुखुम्बु , ताप्लेजुङ , तेह्रथुम र उदयपुर जिल्लामा लगाइनेछ ।

यस्तै मधेश प्रदेशमा बारा , रौतहट  र  सर्लाही , बागमती प्रदेशमा रामेछाप , दोलखा , धादिङ , नुवाकोट , रसुवा र सिन्धुपाल्चोक , गण्डकी प्रदेशमा बागलुङ., गोरखा, लमजुङ , मनाड. , मुस्ताड. ,म्याग्दी , पर्वत , स्याङ्जा  र  तनहुँमा आगामी आइतबार देशी बालबालिकालाई खोप लगाउन शुरु गरिने छ ।

लुम्बिनी प्रदेशमा भने कपिलवस्तु, अर्घाखाँची, गुल्मी , पाल्पा , प्यूठान , रोल्पा  र पूर्वी रूकुम, कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान डोल्पा , हुम्ला , जुम्ला , कालिकोट , मुगु , दैलेख र जाजरकोट एवं सुदुर पश्चिम प्रदेश अन्तर्गत अछाम, डोटी बझाड. , बाजुरा, बैतडी र दाचुर्ला मा भदौ ५ गते देखी बालबालिकालाई कोभीड विरुद्धको खोप लगाउन शुरु गरिने छ ।

यस अघि पहिलो चरणको खोप असार ९ गतेबाट २७ जिल्लामा दिन थालिएको थियो । पहिलो चरणमा खोप लगाइएका जिल्लामा असार ९ देखि १५ गते सम्म पहिलो र दोस्रो मात्रा साउन २ गतेदेखि ८ सम्म लगाइएको हो ।

पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!