नेपालमा पनि देखियो कोभिडको ‘जेएन.१’ भेरिएन्ट

काठमाडौं, भक्तपुर, पोखरा, धनगढी, चितवन, डडेलधुरा को नमुनामा ‘जेएन.१’ देखियाे


काठमाडौं–‘नेपालमा पहिलो पटक कोभिड संक्रमण अन्तर्गत ओमिक्रोन को नयाँ सब भेरिएन्ट ‘जेएन.१’ देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘जेएन.१’, लाई यसको द्रुत विश्वव्यापी फैलावट पछि ‘भेरिएन्ट अफ इन्टरेष्ट’ को रूप मा वर्गीकृत गरेको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार मुलुकको विभिन्न भाग वाट विभिन्न उमेर समुहका व्यक्ति वाट संकलित १६ वटा पिसिआर तथा एन्टिजेन पोजेटिभ नमुनाको जिनोम सिक्वेन्सिङ्ग गर्दा ७ वटा नमुनामा ‘जेएन.१’ भेरिएन्ट देखिएको हो ।

उच्च श्रोत को अनुसार काठमाडौं, भक्तपुर, पोखरा, धनगढी, चितवन, डडेलधुरा लगायतका ठाउँबाट उक्त १६ वटा नमुना संकलन गरिएको थियो । ‘यो रिपोर्टले जेएन.१ मुलुकको सवै भागमा फैलि रहेको अवस्था देखाएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च पदाधिकारी ले भने ।

जेएन.१ सब भेरिएन्ट नेपालमा पहिलो पटक देखिएको हो’, स्वास्थ्य मन्त्रालय का प्रवक्ता डा.प्रकाश बुढाथोकी ले नेपालहेल्थप्रेससँग भने–‘संक्रमणको फैलावट रोकथाम गर्न सबैले भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क को प्रयोग, साबुन पानीले हात धुने जस्ता जनस्वास्थ्य को मापदण्ड पालन गर्नु पर्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!