‘नयाँ वर्ष देखी आफ्नो बानीमा यी ७ परिवर्तन गरी वर्षभर फिट र स्वस्थ रहनूस्’


अंग्रेजी नयाँ वर्ष २०२४ को सुरुवात सँगै धेरै जसो व्यक्ति आफ्नो जीवनमा नयाँ सुरुवात गर्ने सोचमा हुन्छन् । विगत वर्षमा भएका गल्ती आगामी वर्षमा नदोहोर्याउनुहोस् । अधिकांश मानिस आफ्नो स्वास्थ्य प्रति सचेत हुन्छन् र स्वस्थ रहन भरमग्दुर प्रयास गर्छन् । यस्तो अवस्थामा मानिसहरू आफ्नो स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन नयाँ वर्षमा आफूलाई स्वस्थ राख्न विभिन्न किसिमका संकल्प गर्छन् ।

यहाँ हामीले तपाई लाई स्वस्थ जीवन शैली कायम राख्न मुलुकका केही विज्ञ चिकित्सक, मनोचिकित्सक, आयुर्वेदाचार्य, डाइटिसियन, मोटिभेसनल स्पिकर आदि सँग कुराकानी गरेर नेपालको माटो सुहाउँदो ७ वटा बानी बारे चर्चा गर्ने छौं । यी बानीहरूलाई नयाँ वर्षको सङ्कल्प रूपमा समेत लीन सक्नुहुन्छ र आफूलाई स्वस्थ राख्न सक्नुहुन्छ।

१.मुस्कान र कृतज्ञता सँग उठ्नुहोस् 

हरेक दिन प्रकृतिको अनुपम उपहार सँगै हामी सबै को लागि एउटा नयाँ जीवन हो र यो फेरी फर्किएर आउँदैन । त्यसैले यसलाई जहाँ सम्म हुन्छ उल्लास, उत्साह र आनन्द सँग बिताउनु नै सार्थकता हो । यसैले निन्द्रा वाट ब्यूँतिनु साथ बिहान मुस्कान र कृतज्ञताका सँगै उठ्नु पर्छ । कृतज्ञताको भावनाले दिनको सुरुवात गर्नाले दिन राम्ररी गुज्रिन्छ । र मुस्कानले दिनको सुरुवात गर्दा तपाइ दिनभरि सकारात्मक विचारहरूले ओतप्रोत रहनु हुन्छ ।

२.विषाक्त (टक्सिक) व्यक्तिहरू सँग दूरी बढाउनोस् 

विषाक्त सम्बन्धहरूमा, सीमाहरू निर्धारण गर्नु धेरै आवश्यक हुन्छ । किनभने विषाक्त सम्बन्ध, चाहे त्यो प्रेम होस् वा मित्रता अथवा आफन्त होस वा अन्य कोही, तपाई को मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यस कारण, तपाई ले सधैँ आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । सँगै बस्दा नकारात्मक अनुभूति, ऊर्जा अनुभव हुने व्यक्ति को साटो सकारात्मक ऊर्जा अनुभूति हुने सँग समय बिताउने प्रयास गर्नु पर्छ । नकारात्मक व्यक्ति सँग टाढा रहने प्रयास गरे पनि असफल भइ गए उनीहरूको विषाक्तता बारे आफूले सिरियस्ली नलिने, उनले भन्दै रहे पनि न सुन्ने र प्रभावित नहुने नीति अपनाउनु पर्छ ।

३.दिनहुँ ८–१० हजार पाइला हिँड्ने प्रयास गर्नुस् 

दैनिक ८ देखि १० हजार पाइला हिड्ने लक्ष्य राख्नुहोस् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि दिनहुँ १० हजार पाइला हिँड्दा स्वास्थ्य मा सकारात्मक प्रभाव पर्ने, रोग हरूको जोखिम कम हुने र जीवनकाल बढ्ने बताउँदै आएको छ । यति धेरै पाइलाहरू हिँड्दा तपाई ले लगभग ३०० देखि ५०० क्यालोरी जलाउन (बर्न) सक्नुहुन्छ । हिँड्ने बानीले तपाई को मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न सक्छ, जसले मुटु रोग, मधुमेह, मोटोपना, उच्च रक्तचाप, तनाव र डिप्रेसन (उदासी रोग) जस्ता समस्याहरू सँग लड्न मद्दत गर्छ । यति मात्र होइन, हिँड्दा तपाई को समग्र स्वास्थ्यमा सकारात्मक असर पर्छ ।

४.काम भन्दा निन्द्रालाई बढी प्राथमिकता दिनुहोस् 

आफ्नो काम वा मनोरञ्जन भन्दा निन्द्रालाई प्राथमिकता दिने प्रयास गर्नुहोस्। यसो गर्नाले तपाई को मुड र मानसिक स्वास्थ्य सुधार हुनेछ । उपयुक्त निन्द्राले शरीरको रोग विरुद्ध को प्रतिरक्षा प्रणाली समेत बलियो रहनेछ । सितिमिति रोग संक्रमण ले छुँदैन, भए पनि कडा प्रभाव देखाउँदैन । उपयुक्त निन्द्राले मोटो पना वा मधुमेहको जोखिम समेत कम हुन्छ । यति मात्र नभइ उपयुक्त निन्द्रा ले सौन्दर्य समेत बढाउँछ, अनुहारमा टलक ल्याउँछ, आत्मविश्वास बढ्छ ।

५.सन्तुलित प्रोटिन युक्त खाना खानुहोस् 

हाम्रो शरीर प्रोटिनले बनेको हुन्छ । हाम्रो शरीरमा मांसपेशीहरूको दैनिक टुट फुट निको पार्न –मर्मत गर्न, रोगहरूबाट छिट्दै छुटकारा पाउन र शक्ति प्राप्त गर्न प्रोटिन युक्त खाना आवश्यक हुन्छ। सन्तुलित प्रोटिन युक्त आहार सेवन गर्नु स्वास्थ्यका लागि फाइदा जनक हुन्छ । प्रोटिनको सेवनले तपाई को मांसपेशी बलियो राख्न सघाउँछ । यसले तपाई को हिँड्ने क्षमता बढाउँछ । मांसपेशी स्वस्थ राख्न उचित प्रकारको प्रोटिनको सेवन महत्वपूर्ण छ ।

६.वर्षमा एक पटक आफ्नो सम्पूर्ण शरीरको परीक्षण गराउनुस 

वर्षमा एक पटक सम्पूर्ण शरीरको जाँच गराउनु तपाई को राम्रो स्वास्थ्यको लागि महत्वपूर्ण छ । वर्षमा एक पटक सम्पूर्ण शरीरको जाँच गराएमा कुनै पनि रोग लाग्नु वा बढ्नु अघि नै पत्ता लगाउन सकिन्छ र सही समयमा उपचार गर्न सकिन्छ ।

७.बिना अपेक्षा अरूको मद्दत गर्नुहोस् 

‘मानिसहरूलाई मद्दत गर्नुहोस् र तिनिहरूबाट कम अपेक्षा गर्नुहोस्’, यो एक मानसिकता हो जसले सकारात्मक सम्बन्धलाई बढावा दिन सक्छ, जसले तपाई को मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। यस्तो अवस्थामा तपाई ले आफ्नो सहयोगको बदलामा मानिसहरूबाट कुनै अपेक्षा नगरी आफ्नो समय, ऊर्जा वा संसाधन दिनुहोस् ।

सोच्नुहोस्, यदि तपाई पनि सन २०२४ मा स्वस्थ र फिट रहन चाहनुहुन्छ भने, यी चीजहरूलाई आफ्नो बानीमा समावेश गर्नुहोस् र रोगहरूलाई आफू वाट टाढा राख्नुहोस्।

‘नेपालहेल्थप्रेसडटकम’ का समस्त पाठक, विज्ञापन दाता, शुभचिन्तक र विश्व भर छरिएर रहेका सम्पूर्ण नेपाली सहित सबै लाई अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!