‘स्टेरोइड क्रिमले हड्डी को स्वास्थ्य लाई प्रभावित गर्न सक्छ’

कोर्टिकोस्टेरोइडको अत्याधिक मात्राले ओस्टियोपोरोसिस (हाड मक्किने रोग) र हड्डी भाँच्ने जोखिम बढाउन सक्छ


हालै गरिएको एक अनुसन्धान अनुसार कोर्टिकोस्टेरोइडको अत्याधिक मात्राले ओस्टियोपोरोसिस (हाड मक्किने रोग) र हड्डी भाँच्ने जोखिम बढाउन सक्छ ।

कोर्टिकोस्टेरोइड क्रिम सामान्यतया छाला सुन्निने अवस्थामा प्रयोग गरिन्छ। अहिले सम्म, हड्डी स्वास्थ्य मा कोर्टिकोस्टेरोइड को प्रभाव बारे प्रमाण अपूर्ण थियो ।

युरोपियन एकेडेमी अफ डर्माटोलोजी एण्ड भेनेरोलोजी मा प्रकाशित अनुसन्धानले यस सँग स्पष्ट सम्बन्ध रहेको देखाएको छ । विशेष गरी जब तपाई यसलाई लामो समय सम्म प्रयोग गर्नुहुन्छ । अध्ययनले युवा र महिलालाई बढी जोखिममा पार्न सक्ने बताएको छ ।

नेशनल ताइवान युनिभर्सिटी हस्पिटल र नेशनल ताइवान युनिभर्सिटी कलेज अफ मेडिसिन का लेखक चिया यू चुले भने कि अध्ययनले वर्तमानमा उपलब्ध कोर्टिकोस्टेरोइडहरू लाई सुन्निएको छालाको अवस्थाको उपचार गर्न धेरै सावधानीका साथ प्रयोग गर्नुपर्ने कुरामा जोड दिन्छ ।

डाक्टरहरू यी सम्भावित साइड इफेक्ट (दुष्प्रभाव) हरू बारे थाहा हुनु पर्छ । यस अध्ययनको लागि, टोलीले १,२९,६८२ ओस्टियोपोरोसिस र ३४,९९९ प्रमुख ओस्टियोपोरोटिक र्फ्याक्चर (हाड मक्किने रोग ले हुने हाड भाँचिने समस्या) सँग सम्बन्धित केसहरू प्रयोग गर्यो ।

यसको परिणामहरूले देखायो कि कोर्टिकोस्टेरोइड्स र ओस्टियोपोरोसिस, हाड मक्किने रोग हुने हाड भाँचिने समस्या को दीर्घकालीन उपयोग बीच स्पष्ट सम्बन्ध छ । भविष्यमा यसबारे थप गहन अनुसन्धानको खाँचो छ, जसले गर्दा यस सँग सम्बन्धित समस्यालाई नियन्त्रण गर्न सकियोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!