‘स्वास्थ्य सेवामा सरकारीले निजी क्षेत्रलाई प्रतिस्पर्धी जस्तै व्यवहार:वसन्त चौधरी’

हाल निजी क्षेत्रका २ सय ४८ स्वास्थ्य संस्थाले मुलुकमा १६ हजार शय्या मात्र नभइ १ लाख जनसङ्ख्यालाई रोजगारी समेत प्रदान गरेको छ । निजी स्वास्थ्य संस्थाले कुल जनसङ्ख्याको ६५ प्रतिशत लाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा दिदै आएको छ । निजी क्षेत्रले १२ वटा मेडिकल कलेज, ३ सय ६५ अस्पतालहरू सहित करिव १६ हजार सैया मार्फत मुलुकमा स्वास्थ्य उपचार प्रदान गरिरहेको अफिनले जनाएको छ ।


काठमाडौं– एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल(अफिन)का अध्यक्ष वसन्त चौधरीले स्वास्थ्य सेवामा सरकारी क्षेत्र निजी सँग प्रतिस्पर्धी समान व्यवहार गरेको दुखेसो पोखेका छन ।

अफिनको २२ औं साधारण सभाको विशेष कार्यक्रममा शनिवार चौधरीले भने–‘सरकार हाम्रो अभिभावक हो, अभिभावकले अभिभावक हैन प्रतिस्पर्धी को रुपमा व्यवहार गर्नु पीडादायक हुन्छ ।’

हाल निजी क्षेत्रका २ सय ४८ स्वास्थ्य संस्थाले मुलुकमा १६ हजार शय्या मात्र नभइ १ लाख जनसङ्ख्यालाई रोजगारी समेत प्रदान गरेको औँल्याउदै चौधरीले अगाडि थपे–‘स्वास्थ्य संस्थाको मापदण्डमा सरकारी र निजी संस्थामा भेदभाव किन ?’  स्वास्थ्य संस्थाको मापदण्ड सबै लाई सुहाउने र निजी  एवं सरकारी दुवै लाई लागू हुने गरी आउनु पर्ने समेत उनले जनाए ।

नेपालमा निजी क्षेत्रबाट यतिको मात्रामा रोजगार उपलब्ध गराउने एक मात्र संस्था अफिन रहेको दाबी गर्दै चौधरीले भने–‘हामी मध्ये १०–२० प्रतिशत व्यापारिक उद्देश्य लिए पनि अधिकांशको स्वास्थ्य सेवा दिनमा केही न केही भावना जोडिएको छ । हामीहरू प्रति मेडिकल माफिया, ठगी गर्ने संस्था जस्तो शब्द उच्चारण गरेको सुन्दा सबैको मुटु दुख्छ ।’

निजी स्वास्थ्य संस्था सँग सम्बन्धित स्वास्थ्य मन्त्रालयमा अडकिएर बसेका विषयहरूको छिट्टै निराकरणको लागि स्वास्थ्य मन्त्री सँग आग्रह समेत चौधरीले गरे ।

सरकारी र निजी क्षेत्रको संयुक्त पहलमा मुलुक अगाडि बढाउनु पर्ने जनाउदै स्वास्थ्य मन्त्री भवानी खापुङले निजी क्षेत्रका स्वास्थ्य संस्था सँग सम्बन्धित गुनासो र समस्याहरू बारे आपसमा बसेर छलफल गरेर समाधानको बाटो खोज्न पर्ने बताए ।

अफिनका महासचिव हेमराज दहालले अफिनको वर्तमान कार्यकालमा १२ जना मन्त्री परिवर्तन हुनु सिंगो स्वास्थ्य क्षेत्र कै दुखद पक्ष रहेको बताए । वर्तमान कार्य समिति निर्वाचित भए पछि स्वास्थ्य मन्त्रालयमा २ राज्य मन्त्री सहित १० जना मन्त्री परिवर्तित भएका छन । निजी क्षेत्रको समस्या बारेमा अवगत गराउन र यथेष्ट बुझाउन पनि नपाइकन मन्त्रीहरूको परिवर्तन हुनु नेपाली स्वास्थ्य जगतको दुखद पक्ष रहेको दहालले बताए ।

निजी स्वास्थ्य संस्थाले हाल मुलुकमा कुल जनसङ्ख्याको ६५ प्रतिशत लाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा दिदै आएको छ । निजी क्षेत्रले १२ वटा मेडिकल कलेज, ३ सय ६५ अस्पतालहरू सहित करिव १६ हजार सैया मार्फत मुलुकमा स्वास्थ्य उपचार प्रदान गरिरहेको अफिनले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!