कोभिड : नेपालमा अझै देखिएको छैन ‘जेएन.१’ भेरिएन्ट, तर समुदायमा आएको हुन सक्ने, भारतमा संक्रमण बढ्दो

‘नयाँ जेएन.१ भेरिएन्टमा समेत पहिले लगाएको कोभिड विरुद्धको खोप ले नै काम गर्ने, चौथो मात्रा आवश्यक छैन’


काठमाडौं– भारतमा व्यापक रूपमा फैलिरहेको कोभिडको नयाँ ‘जेएन.१’, भेरिएन्ट हाल सम्म नेपालमा देखिएको छैन । तर यो भेरिएन्ट समुदायमा आएको हुन सक्ने भए पनि हाल सम्मको जानकारीहरू ले आत्तिनु पर्ने अवस्था नरहेको सरकारी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

उता भारतीय स्वास्थ्य अधिकारीहरूले भने हालको अवस्थामा कोभिड विरुद्ध चौथो मात्रा खोपको आवश्यकता नरहेको समेत जनाएका छन् ।

‘हिजो (आइतवार) १२ वटा नमुनाको जिन सिक्वेन्सिङ्ग गर्दा मात्र ओमिक्रोन भेरिएन्ट देखिएको हो’, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का निर्देशक डा.रुद्र मरासिनीले ‘नेपालहेल्थप्रेस’, सँग कुरा गर्दै भने–‘हाल सम्म जिन सिक्वेन्सिङ्ग गर्दा मुलुकमा प्रयोगशाला प्रमाणित ‘जेएन.१’, भेरिएन्ट देखिएको छैन ।’

तर ‘जेएन.१’, भेरिएन्ट समुदायमा आएको हुन सक्ने औँल्याउदै डा.मरासिनीले ले भने –‘हामीले कोभिड रिपोर्ट गरेका अस्पताल हरूको नमुना लाई पनि जिन सिक्वेन्सिङ्ग गर्दै छौं ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसै साता कोभिड लगायतका श्वास प्रश्वास सम्बन्धी रोगका बढ्दो केस र यसको नयाँ ‘जेएन.१’ भेरिएन्ट को चासोलाई ध्यानमा राख्दै दक्षिण पूर्वी एसियाका देशहरूलाई निगरानी बढाउन आग्रह गरेको छ ।

डा.मरासिनीले हाल भारतमा कोभिडको संक्रमण मा समेत नयाँ जेएन.१ भेरिएन्ट प्रमुख रूपमा देखिन थालिएकोले थप सावधानी आवश्यक रहेकाे बताए ।

‘जेएन.१’ भेरिएन्ट नेपाल आई सकेको दाबी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक, वरिष्ठ भाइरोलोजिष्ट एवं जापानको नागासाकी विश्वविद्यालय को मोलिकुलर इपिडिमियोलोजी विभाग का प्रोफेसर डा. वासुदेव पाण्डे ‘जेएन.१’ भेरिएन्ट नेपाल आई सकेको दाबी गर्छन ।

‘ओमिक्रोनको जेएन.१ सब भेरिएन्ट भारतमा देखिसकेको अवस्थामा नेपालमा गरिने न्यून नमुनाको परीक्षण मात्रले यो यहाँ देखिएको छैन भन्न मिल्दैन’, डा. पाण्डे नेपालहेल्थप्रेस संग भने – ‘यस भन्दा अघिका विभिन्न संक्रमण विस्तार को इतिहास लाई विश्लेषण गर्दा यो भेरिएन्ट नेपालमा आइ सकेको हुनुपर्छ।’

नेपाल समेत तयारी अवस्था मा

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ले हाल सम्म मुलुकमा ‘जेएन.१’ भेरिएन्टले संक्रमित भएको प्रयोगशाला प्रमाणित बिरामी नपाइए पनि सम्भावित संक्रमण विरुद्ध निकायहरू तयारी अवस्थामा रहेका जनाएको छ ।

भविष्यमा यो नयाँ भेरिएन्टले नेपालमा पार्ने प्रभाव को आकलन अनुसार आवश्यक भए यसको लागि समेत छुट्टै रणनीति बनाउन सकिने डा.मरासिनी ले बताए ।

लक्षण, ज्वरो, नाकबाट पानी बग्ने घाटी र टाउको दुखाइ

डा.मरासिनी भारतमा देखिएको संक्रमण लाई औँल्याउँदै भन्छन्–‘‘जेएन.१’,भेरिएन्टका लक्षण हरूमा ज्वरो, नाकबाट पानी बग्नु, खोकी, कहिले कहीँ पखाला, र गम्भीर जिउ दुखाइ देखिने गरिएको छ भने एक सातामा यो निको हुने गरेको छ ।’

जेएन.१ भेरिएन्टको संक्रमण एक सातामा निको

हाल सम्म कम तथ्याङ्क रहे पनि सामान्यतया ‘जेएन.१’ भेरिएन्ट वाट भएको कोभिड संक्रमण एक साता भित्र निको हुने गरेको छिमेकी मुलुक भारतमा देखिएको छ ।

कोभिड खोपको चौथो मात्रा आवश्यकता छैन

नेपालहेल्थप्रेस’ को दिल्ली स्थिति सम्वाददाता विघ्नेष विमल ले दिएको जानकारी अनुसार हाल भारतमा तीव्र गतिले फैलिन थालिएको ‘जेएन.१’, भेरिएन्ट को अवस्था लाइ दृष्टिगत गर्दै ‘इन्डियन सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियम’ का प्रमुख एनके अरोरा ले चौथो बुस्टर डोजको आवश्यकता नभएको बताए का छन् ।

अरोराको अनुसार विभिन्न दीर्घकालीन रोगले ग्रस्त उच्च जोखिम भएका ६० वर्ष माथिको उमेर समूहका व्यक्तिहरू ले बचाउको लागि तेस्रो मात्रा खोप लीन सक्छन्, यदि हाल सम्म नलिएका भए । अहिलेको अवस्थामा सामान्य व्यक्तिको लागि कोभिड खोपको चौथो मात्रा को कुनै आवश्यकता नरहेको समेत अरोराले बताएका छन् ।

इडीसिडीका निर्देशक डा.मरासिनीले छिमेकी मुलुक भारतबाट हाल सम्म प्राप्त जानकारी लाई औँल्याउँदै भने–‘डराउनुपर्दैन नयाँ भेरिएन्ट ‘जेएन.१’ को सङ्क्रमणले अस्पताल भर्ना हुने दर बढी देखिए पनि यस को मृत्युदर धेरै कम छ ।’

जेएन.१ भेरिएन्टमा मा समेत कोभिड विरुद्ध को खोपले काम गर्ने भएकोले पुर्ण मात्रा खोप लिएकाहरु लाई डराउनु पर्ने अवस्था नरहेको समेत डा.मरासिनीले बताए ।

सुरक्षा उपाय अपनाए राम्रो

हाल सम्म नेपालको सरकारी स्वास्थ्य निकाय ले छिमेकी मुलुक मा फैलिरहेको कोभिडको ‘जेएन.१’ भेरिएन्ट लाई दृष्टि गत गरी मास्क लगाउने, साबुन पानीले हात धुने लगायतका अन्य सुरक्षात्मक उपाय अपनाउने बारे कुनै अपिल गरेको छैन ।

डा.मरासिनीले तत्काल आत्तिनु पर्ने अवस्था न रहेकोले आधिकारिक रूपमा आम व्यक्ति सँग स्वास्थ्य सतर्कता अपनाउन कुनै आग्रह नगरिएको बताए । तर उनले थप सतर्कताको लागि मास्कको प्रयोग लगायत कोभिड काल मा गरिने अन्य सुरक्षाको उपाय अपनाउन सकिने समेत जनाए ।

‘जेएन.१’ सब भेरिएन्ट के हो ?

जेएन.१’ सब भेरिएन्ट को पहिचान करिव ४ महिना अघि (अगस्त महिना) गरिएको थियो ।यो ओमिक्रोनको सब भेरिएन्ट ‘बीए.२.८६’, वाट बनेको छ ।

रिपोर्टहरूको अनुसार सन २०२२ को सुरुवात मा ‘बीए.२.८६’ नै कोभिडको वृद्धिको कारण थियो । ‘बीए.२.८६’ व्यापक रूपले फैलिएको थिएन, तर यसले विज्ञ हरूलाई चिन्ता मा पारेको थियो , किनभने ‘बीए.२.८६’ को स्पाइक प्रोटिन मा अतिरिक्त म्युटेसन (उत्परिवर्तन) भएको थियो । र यसरी नै ‘जेएन.१’ को स्पाइक प्रोटिनमा समेत एउटा अतिरिक्त म्युटेसन भएको छ ।

विज्ञहरूको अनुसार विश्व स्तरमा कोभिड समक्रमणमा देखिएको वृद्धि ले के थाहा पाइएको छ भने ‘जेएन.१’, एउटा ओमिक्रोन को सब भेरिएन्ट हो जो बलियो रोग प्रतिरोधक क्षमता भएका हरू लाई पनि सजिलै संक्रमित गर्न सक्छ ।

अमेरिका स्थित सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले यस लाई अमेरिका मा सबै भन्दा तीव्र गति ले वृद्धि हुने भेरिएन्ट बताएको छ ।

अमेरिकामा हुने कोभिड सङ्क्रमणको झन्डै आधा ‘जेएन.१’ भेरिएन्टले

अमेरिका स्थिति सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) को पछिल्लो तथ्याङ्क अनुसार ओमिक्रोन भेरियन्टको नयाँ सब भेरिएन्ट ‘जेएन.१’ हाल अमेरिकामा हुने कुल कोभिड सङ्क्रमणको ४४.२ प्रतिशत को लागि जिम्मेवार छ ।

कोभिडको समय सुरक्षित रहन, यी दिशा निर्देशहरू पालना गर्नुहोस्

  • भीडभाड भएको वा इन डोर सेटिङ हरूमा मास्क लगाउनुहोस्, विशेष गरी यदि खोप लगाइएको छैन वा उच्च प्रसारण भएको क्षेत्र भए ।
  • नियमित रूपमा साबुन, पानीले हात धुनु होस् वा ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुस
  • विशेष गरी भीडभाड भएको ठाउँमा भौतिक दूरी कायम गर्नु होस्।
  • खोक्दा वा हाछ्यु गर्दा मुख र नाक छोप्नुस ।
  • लक्षण देखिएमा घरमै बस्नुहोस् र चिकित्सक को सल्लाह लिनु होस्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!