गर्मीमा मधेश मात्र हैन काठमाडौंमा समेतघमौरा को समस्या सामान्य उपाय ले जोगिन सकिन्छ

तपाइको समस्या र छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्णको जवाफ


प्रश्न–म वीरगन्ज मा बस्ने २८ वर्षीय पुरुष हु । मलाई पछिल्लो केही समय देखी गर्धन, पिढिउ आदिमा घमौराले बेस्सरी सताएको छ । केही ठाउमा त चिलाएर, पोलेर छाला रातो भएर घाउ जस्तै भएको छ । म मात्र हैन परिवारमा श्रीमती र ३ वर्षको छोरा त झन बढी प्रभावित छन । विभिन्न पाउडरहरु ले धमौरा हटाउने दाबी गर्छ तर खासै फायदा भएन ।के गर्ने ? (प्रश्न कर्ताले नाम लेख्नु भएको छैन )

उक्तर– घमौरा’ पहिले गर्मी याममा मधेश तिर देखिने छाला सम्बन्धी समस्या मानिने गरिए पनि हाल काठमाडौंमा समेत केही व्यक्ति यो गुनासो गर्न थालेका छन । मधेशमा विशेषगरी तातो आद्र अवस्थामा यो व्यापक हुन्थ्यो ।

ग्लोबल वार्मिङ्गले गर्दा चिसो ठाउँहरूमा समेत पछिल्लो दिनहरूमा बढ्दो गर्मीको प्रकोपले घमौरो गर्मी ठाउको मात्र नभइ विस्तारै पहाड तिरको समेत समस्या बन्न थालेको हो । तर घमौरो खतरनाक अवस्था होइन ।

गर्मी वाट छालामा आउने मसिना खटिरा, पसिना वाट उछ्रने साना बिमिराबाट हामी बोलचालको भाषामा घमौरो भन्ने गरेका छौं । यो गर्मी आद्र (हयुमिड) मौसमको अवस्थामा हुन्छ । धेरै जसो पसिना ग्रन्थीको मुख बन्द भएर शरीरमा स –साना निस्किने रातो बिमिरा घमौरो हो । यो चिलाउनुको साथै पोल्ने समेत गर्छ ।

घमौरो धेरै जसो त्यस्तो ठाउँ मा हुन्छ जहाँ जिउ लुगाले ढाकिएको हुन्छ । अनुहार मात्र नभइ गर्घन, स्तनको तल्लो भाग, अण्डकोषको तल्लो भाग आदि ठाउँ मा समेत घमौराले दुख दिन्छ । सामान्यतया यो सबै भन्दा बढी गर्धन र पिढिउमा हुन्छ । घमौरा बढी गर्मी र ओसिलो (म्वाइश्चर) अवस्थामा हुन्छ ।

हामीहरू मध्ये अधिकांशलाई हुने घमौरा ‘मिलिएरिया क्रिष्टलिना’, हो । यो सवैभन्दा सामान्य प्रकार हो । यसमा छालाको सतहमा द्रव्य (पसिना) भरिएका सानो स्पष्ट बिमिरा हुन्छ । तर यसमा खासै चिलाउने र दुखाइ हुदैन भने वयस्कको दाँजोमा यो शिशुहरूमा बढीहुन्छ ।

यसको अर्को ‘मिलिएरिया रुब्रा’, प्रकारमा प्रभावित ठाउमा रातो , सुन्नाइ र पसिना न आउनु जस्तो अवस्था हुन्छ । यो छालाको गहिरो पत्रमा हुने भएकोले बढी असुविधा जनक हुन्छ । यो समस्यामा यदि रातो उभार बढेर र पिप भरिन्छ भने यसलाई चिकित्सकीय भाषामा ‘मिलिएरिया पस्टुलोसा’, भनिन्छ ।

यस्तै घमौराको सबै भन्दा असामान्य गहिरो प्रकार ‘मिलिएरिया प्रोफन्डा’, हो । यो छालाको सबै भन्दा गहिरो पत्र(डर्मिस)मा हुन्छ भने यो बारम्बारै भएर स्थायी समेत हुन सक्छ ।

यो तपाइहरुको सामान्य जानकारीको लागि मात्र हो । यदि केही जटिलता र फरक समस्या अनुभव गर्नु भयो भने एक पटक छाला रोग विशेषज्ञ सँग सल्लाह लिनु फायदा जनक हुन सक्छ । घमौरा वयस्कको दाँजोमा ससाना बच्चाहरूलाई बढी दुख दिन्छ । बढी घमौरो भएको ठाउमा चिलाउँदा कन्याउँदा ससाना घाउ समेत हुन्छ ।

घमौरा सामान्यतया दाग न छोडी निको हुन्छ । खैरो वा कालो छाला भएकाहरूलाई दागहरू हुने जोखिम हुन्छ । छालामा देखिने यी दाग, परिवर्तनहरू सामान्यतया साता वा महिना दिन भित्र जाने गर्छ ।

यो सामान्यतया आफै निको हुन्छ । गम्भिर अवस्थामा माक्र चिकित्सा आवश्यक हुन्छ । कहिलेकाही घमौरा व्याक्टेरियाले संत्रमित हुन सकछ । यसले गर्दा घमौरो पाक्नुको साथ्रै सुन्निन समेत सक्छ ।

घमौरा को समस्या देखिए सामान्य सावधानी अपनाएर धेरै हद सम्म यसको चिलाइ, पिडा आदिवाट वाच्न सकिन्छ । घमौरो वाट जोगिन खुकुलो, हलुका सुतीको लुगा लगाउनु फायदाकारी हुन सम्छ । यस्ता लुगाले छालावाट नमी हटाउन सकछ ।

घमौरा बढी देखिए ‘कैलामाइन लोसन’, समेत प्रयोग गर्न सकिन्छ । यति मात्र नभइ यदि घमौराले गर्दा तपाइको घाला चिलाउने पोल्ने जस्तो समस्या पनि छ भने सामान्य चिसो ‘सेकाइ’, अर्थात वरफ फ्रिजको पानीले नभइ सामान्य धाराको पानीले गरिने सेकाइले समेत फायदा पुर्याउछ । घमौरा भएको समय पेट्रोलियम जेली जस्ता सामाग्री उपयोग नगर्नुस ।

तपाइको छाला सम्भवतः गर्मी प्रति बढी सम्वेदनशील हुन सकछ । यसैले धेरै गर्मी हुदा बढी समय चिसो ठाउँ मा व्यतित गर्नुस । चिसो पानीले नुहाउनुले समेत राहत प्रदान गर्छ । नुहाइ समके पछि छालालाइ तौलिया ले नपुछि आफै सुक्न दिनोस ।

धमौरा सरुवा रोग होइन तर तपाइको परिवारको सबै सदस्य एकै पटक यो समस्याले प्रभावित भएको हुनाले यो लुतो पनि हुन सक्छ त्यहि भएर नजिकको छाला रोग विशेषज्ञ सँग हेराएर तपाइलाइ घमौरा भएको हो वा लुतोले पिडा दिएको हो पहिचान गराएर उपचार प्रकृयामा जानुस ।(तपाइ पनि सौन्दर्य, छाला सम्बन्धी समस्याको लागि डा.कर्ण सँग सल्लाह लिन nepalhealthpress@gmail.com इमेलमा आफ्नो समस्या बताउन सक्नु हुन्छ)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!