मधेश प्रदेशको सवै १३६ पालिकामा फंग्सनल प्रयोगशाला निर्माण हुने / २७२ कर्मचारीको दरवन्दी खुल्यो

कार्तिक देखी सञ्चालनमा आउने उक्त  प्रयोगशालामा इमेल र एसएमएस मार्फत बिरामीहरूलाई रिपोर्ट पठाउने व्यवस्था समेत हुने छ ।यस्तो प्रयोगशाला निर्माण हुने मुलुकको मधेश पहिलो प्रदेश समेत बनेको छ: डा.श्रवणकुमार मिश्र, निर्देशक, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर


जनकपुर– मधेश प्रदेशको प्रत्येक पालिकामा प्रदेश निदान केन्द्रको नामले प्रयोगशाला को स्थापना भइ रहेको छ । यस्तो प्रयोगशाला निर्माण हुने मुलुकको मधेश पहिलो प्रदेश समेत बनेको छ । कार्तिक देखी प्रयोगशाला सञ्चालनमा आउने छ ।

‘यो पहिलो प्रदेश हो जसमा प्रत्येक पालिकामा प्रदेश निदान केन्द्रको नामले प्रयोगशालाको स्थापना भइ रहेको छ’, जनकपुर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवणकुमार मिश्रले भने–‘हाम्रो प्रदेशका १ सय ३६ पालिकाहरूमा स्थापना हुने प्रयोगशालामा बायो केमिस्ट्री, हेमाटोलोजी, र अन्य प्रयोगशाला सम्बन्धी जाँच हुने छ ।’ उक्त प्रयोगशाला कार्तिक देखी संञ्चालनमा आउने समेत उनले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले विहिवार १ सय ३६ पालिकाहरुमा प्रदेश निदान केन्द्र संञ्चालन गर्न करार सेवा अन्तर्गत १ सय ३६ जना ल्याब टेक्निसियन र त्यतिकै सङ्ख्यामा कार्यालय सहयोगी समेत माग गरेको छ ।

हाल सम्म विभिन्न स्वास्थ्य संस्थाहरूमा विभिन्न उपकरण जाने तर प्रयोग नभइ थन्किएर बस्ने देखिएकोमा मधेश सरकारले प्रत्येक पालिकामा फंग्सनल प्रयोगशाला निर्माण गर्ने भएको समेत डा.मिश्रले बताए । उक्त प्रयोगशाला आवश्यक जनशक्ति, पूर्वाधार, सफ्ट वेयर, उपकरण सहितको निर्माण हुन थालेको हो ।

प्रयोगशालामा इमेल र एसएमएस मार्फत बिरामीहरूलाई रिपोर्ट पठाउने व्यवस्था समेत हुने छ । पालिकाहरूमा भएका सवै प्रयोगशालाको नियन्त्रण र परीक्षणको तथ्याङ्क प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर को प्रत्यक्ष निगरानीमा हुने छ । डा.मिश्रको अनुसार प्रयोगशाला पालिका र प्रदेश सरकार बिच सहमति भएर सञ्चालन हुने छ ।

उक्त प्रयोगशालाको लागि माग गरिएको पाचौ तहका मेडिकल ल्याब टेक्निसियन र श्रेणी विहीन कार्यालय सहयोगीको रुपमा दरखास्त बुझाउने अन्तिम मिति भदौ ९ गते सम्म छ । थप जानकारीको लागि कार्यालय समय भित्र ०४१–५९०२६७ मा टेलिफोन सम्पर्क गर्न सकिन्छ

नेपालहेल्थप्रेसडटकम को फेसबुक पेज लाईक/फलोगर्न लिंकमा जानुस https://www.facebook.com/NepalHealthPress/


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!