मापदण्ड नपुगेका नर्सिङ कलेजको भर्ना नरोकिए सत्याग्रह गर्ने डा.केसीको चेतावनी


काठमाडौ— चिकित्सा शिक्षा र सेवाका अभियन्ता प्रा.डा. गोविन्द केसीले मापदण्ड नपुगेका नर्सिङ कलेजको भर्ना रोक्न प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल संगै सत्ता र प्रतिपक्षका दललाई समेत आग्रह गरेका छन् ।

डा.केसीले इलामबाट वुधवार विज्ञप्ति जारी गर्दै व्यापारिक स्वार्थअनुसार एक सय बेडको आफनै अस्पताल नभएका नर्सिङ कलेजमा विद्यार्थी भर्ना खुलाइए सत्याग्रह थाल्ने चेतावनी समेत दिएका छन ।

स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि पाँच बुदे माग राखेर अगामी भाद्र १२ गतेदेखि सत्याग्रह गर्ने घोषणा उनले यस अघि नै गरि सकेका थिए ।

तर अल्टिमेटमको झण्डै एक साता बित्न लाग्दा सरकारले माग पूरा गर्न कुनै कदम नचालेको उल्टै चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर मापदण्डै नपुगेका नर्सिंग कलेजहरुमा भर्ना खुलाउन प्रयास गरेको समेत डा.केसीले जनाएका छन ।

सरकारले चिकित्सा शिक्षा ऐनमा नर्सिङ पठनपाठन गराउन एक सय बेडको अस्पताल चाहिने व्यवस्था हटाउने निर्णय गरेको छ । केही नेपाल ऐन संशोधन विधेयक मार्फत् उक्त व्यवस्था ऐनबाट हटाएर विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्ने अस्पताल नै नभएका नर्सिङ कलेजमा पीसीएल नर्सिङको भर्ना आह्वान गर्ने तयारी गरिएको छ ।

‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा शिक्षा नदिई प्रमाणपत्रको मात्र किनबेच गराइरहेका माफियाहरूको व्यापारिक स्वार्थअनुसार त्यस्तो कदम अघि बढेकोमा कुनै शंका छैन, त्यसैले त्यस्तो कुनै पनि कदम हामीलाई स्वीकार्य छैन,’ डा. केसीद्धारा वुधवार जारी विज्ञप्तिमा उल्लेख छ |

फाइल फोटो –सप्तरी जिल्लाको कंचनरुपमा स्वास्थ्य शिविर गर्दै डा.केसी तस्वीर/नेपालहेल्थप्रेस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!