के तपाई को नङ छिट्टै भाँचिन्छ? शरीरमा हुन सक्छ, भिटामिनको कमी?


लामो सुन्दर नङका कारण हातको सौन्दर्य बढ्छ र त्यसमा नेल पालिस् लगाउँदा सुन्दरता झन् बढ्छ । तर कतिपय मानिसहरूले नङ छिट्टै भाँच्चिने वा बाङ्गो टिङ्गो बाहिर निस्किने गुनासो गर्छन् । धेरै जसो केस मा यो पोषक तत्त्वको कमीको कारण हुन्छ । जानौं कुन भिटामिनको कमीले नङको स्वास्थ्य बिग्रन्छ ।

कुन भिटामिनको कमीले नङ टुट्छ ? 

  • भिटामिन बी १२ को कमीले नङ भाँच्चिन थाल्छ । यस्तो अवस्थामा नङ भाँच्चिन बाट जोगाउन आफ्नो आहारमा भिटामिन बी १२ हुने खाना समावेश गर्नुपर्छ । सबै भन्दा पहिले, तपाई ले दूध जन्य उत्पादनहरू उपभोग गर्नु पर्छ । यस अन्तर्गत चीज, दूध, दही, दही समावेश छ । यसमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ ।
  • तपाई ले आफ्नो आहारमा पालुङ्गो समावेश गरेर भिटामिन बी १२ को कमीलाई पुरा गर्न सक्नु हुन्छ । तपाई चुकन्दर र च्याउ पनि खान सक्नुहुन्छ । यस बाहेक, तपाई ले आफ्नो आहारमा हरियो साग सब्जी र फलफूलहरू प्रयोग गर्नु पर्छ ।
  • माछाको सेवनले समेत भिटामिन बी १२ को कमी लाई पूरा गर्न सकिन्छ । माछामा धेरै पोषक तत्त्वहरू हुन्छन् जसले तपाई को स्वास्थ्यलाई थुप्रै प्रकारको फाइदा पुर्याउँछ ।

कुन उमेरका ले दैनिक कति मात्रा भिटामिन बी १२ सेवन गर्ने 

  • जन्म देखी ६ महिना सम्मका बालबालिकाका लागि ०.४ माइक्रोग्राम
  • ७ देखि १२ महिनाका बालबालिकाका लागि ०.५ माइक्रोग्राम
  • १ देखि ३ वर्षका बालबालिकाका लागि ०.९ माइक्रोग्राम
  • ४–८ वर्षका बालबालिकाका लागि १.२ माइक्रोग्राम
  • ९ वर्ष देखी १३ वर्ष सम्मका बालबालिकाका लागि १.८ माइक्रोग्राम
  • १४ वर्ष वा यो भन्दा बढी उमेरका व्यक्तिले २.४ माइक्रोग्राम
  • गर्भवती महिलाले २.६ माइक्रोग्राम
  • स्तनपान गराउने आमाले २.८ माइक्रोग्राम भिटामिन बी १२दैनिक उपभोग गर्नुपर्छ ।

(चिकित्सकीय समिक्षा गरिएको)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!