एक दिनमा ९३४ कोरोना संक्रमित, १ को मृत्यु


काठमाडौँ — नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट थप १ जनाको मृत्यु समेत भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४ सय ९८ र एन्टिजेन परीक्षणबाट ४ सय३६ जनामा संक्रमण पुष्टि भएको हो । 

अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।
काठमाडौं जिल्लामा सोमवार २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको हो । हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१  छ ।
यस्तै भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९७ र ललितपुरमा ७ सय ९२ पुगेको छ ।

काठमाडौं उपत्यकाका अस्पताल हरूमा सोमवार ८१ जना  संक्रमितको उपचार भइरहेको छ । हाल उपत्यका मा उपचाररत रहेका मध्ये १४ जना जेनरल वार्डमा, ३९ जना एचडीयूमा, ३४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!