डा.रबीन्द्र भक्त तिमला को नेतृत्वमा मुलुकमा पहिलो पटक निकाइडो शल्यक्रिया


काठमाडौं –नेपाल मै पहिलो पटक मुटु को जटीलतम मानिने ‘निकाइडो’, शल्यक्रिया डा.रबीन्द्र भक्त तिमला को नेतृत्व मा शहीद गङ्गा लाल राष्ट्रिय हृदय केन्द्रमा सफलता पूर्वक सम्पन्न भएको छ ।

स्याङ्जा की ७ वर्षीय जन्मजात मुटु रोग वाट ग्रसित बालिकामा गरिएको उक्त शल्यक्रिया मा डा.तिमला लाई डा.मारिषा अर्याल र डा.सुजन बोहरा ले सघाएका थिए भने एनेस्थेसियामा डा.स्मृती महाजु संलग्न थिए ।

गत आश्विन २६ गते गरिएको उक्त शल्यक्रिया नेपाल मै पहिलो पटक गरिएको जनाउँदै डा.रबीन्द्र भक्त तिमला ले भने –‘हाल उक्त बालिका स्वास्थ्य लाभ गरी घर जाने तयारी अवस्थामा छ ।’

करिब साढे ९ घण्टा सम्म चलेको शल्यक्रिया गर्न बालिकाको मुटु लाई झन्डै ४ घण्टा बन्द गर्नु परेको थियो । ट्र्रान्सपोजिसन अफ ग्रेट आर्टिरिज, भेन्ट्र्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसीस भनिने उक्त रोग मा मुटु को देब्रे खण्ड वाट निस्किनु पर्ने मूल धमनी (एओर्टा) दाहिने खण्ड वाट निस्केको र दाहिने खण्ड वाट निस्किनु पर्ने पल्मोनरी आर्टरी देब्रे खण्ड वाट निस्कि साँगुरिनु को साथै मुटु को तल्लो भागको दुई कोष्ठ बीच ठूलो प्वाल भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट समेत थियो ।

‘शल्यक्रिया मा मुटुको मूल धमनी दायाँ भाग वाट छुट्याइ देब्रे भागमा प्रति स्थापित गर्नु को साथै देब्रे भाग वाट निस्केको पल्मोनरी आर्टरी दायाँ भाग वाट प्रति स्थापित गर्यौ’, डा.तिमिला ले भने–‘यस्तै मुटु को तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट पनि टाल्यौ।’

यस अघि समेत डा. तिमला कै नेतृत्व मा केन्द्र मा नेपाल  मै पहिलो पटक मुटु को जटिल शल्यक्रिया हरु आर्टेरियल स्विच, कोनो रष्टन एओर्टा भेन्ट्र्रिकुलोप्लास्टी, पल्मोनरी थ्रोम्बोएन्डारटेरेक्टोमी, टोटल आर्च रिप्लेसमेन्ट, सेनिङ्ग अपरेसन लगायतका सफलताका पूर्वक सम्पन्न भएको थियो । यस्ता प्रकृति का शल्यक्रिया नियमित रूपमा केन्द्रमा भइ रहेको डा.तिमिला ले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!