कपाल झर्ने समस्यामा भए खानपानमा सुधार गर्नुस्


कपाल झर्नु आजको समयको सबैभन्दा सामान्य समस्या हो । छाल रोग तथा सौन्दर्य विशेषज्ञ कहाँ आउने बिरामी हरू मध्ये धेरै जसोले यो समस्या सँग जुधिरहेका हुन्छन् ।

यसबाट बच्न विज्ञापन हेरेर, अरु प्रयोग गरेको देखेर वा आफैले समेत वजारमा पाइने विभिन्न महँगो कपाल हेरचाह गर्ने उत्पादनहरू प्रयोग गर्छन् । तर उपयोग कर्ताहरूले यसले खासै फाइदा नगर्ने गुनासो समेत पछि गर्छन ।

तपाईंको कपाल झर्नु मा खराब आहार को सबैभन्दा ठूलो योगदान हुन्छ । तपाईंको आहारमा सही पोषणले कपालको समस्याबाट बच्न सक्छ ।

अलिकति कपाल झर्यो भने समस्या होइन, तर धेरै कपाल झर्नु समस्या हो। हामीले आफ्नो डाइट प्लानमा केही खाने कुरा थप्दा यो समस्या समाधान हुनसक्छ ।

कपाल झर्न वाट रोक्न अमला 

अमलालाई आयुर्वेदमा रामबाण औषधि मानिन्छ । अमलाको जुसको सेवनले कपाल झर्ने र सेतो हुनबाट रोक्छ। अमला एन्टी एजिङ र तौल घटाउन पनि प्रयोग गरिन्छ। यसलाई चटनी को रुपमा वा सद्दे पनि सेवन गर्न सकिन्छ ।

कपाल झर्न कम गर्न मोरिंगा अर्थात सजिउन

मोरिंगा जसलाई नेपाली मा सजिउन र मधेसमा मुनगा समेत भनिन्छ लाई आयुर्वेदमा गुणले भरिएको खजानाको रूपमा हेरिन्छ । यसको सेवनले तौल घटाउन पनि सकिन्छ । मोरिंगाले हेमोग्लोबिन स्तर सुधार गरेर रक्त अल्पता जस्ता रोगहरू निको पार्न सक्छ। मोरिंगा कपालको लागि धेरै लाभदायक छ किनकि यसले हाम्रो टाउकोलाई पोषण दिन्छ। यसले कपालको फोलिकल्सलाई क्षति हुनबाट रोक्छ। यसको धुलो दाल वा तरकारीमा मिसाएर प्रयोग गर्न सकिन्छ । मनतातो पानीसँग पनि लिन सकिन्छ । (चिकित्सकीय समिक्षा गरिएको)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!