मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिल द्वारा विश्व रेकर्ड कायम


काठमाडौं– वरिष्ठ मुटु रोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले मुटु रोग रोकथाम सम्बन्धी जन चेतना मूलक लाइभ प्रस्तुति गरेर विश्व रेकर्ड कायम गरेका छन् ।

फेसबुक लाइभमा ‘कार्डियो भास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a cardiovascular live stream on Facebook) भन्ने शीर्षकमा डा. ओम मूर्ति ले गिनिज वर्ड रेकर्ड कायम गरेका हुन ।

उनले विश्व मुटु दिवसको अवसर पारेर २९ सेप्टेम्बर २०२३ (२०८० साल असोज १२ गते शुक्रबार) आफ्नो फेस बुक पेजबाट मुटु रोग रोकथाम बारे जन चेतना मूलक लाइभ प्रस्तुति गरेका थिए ।

असोज १२ गते साँझ ७ :१५ बजे देखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुति लाई ११ हजार २ सय १२ जनाले एकै पटक प्रत्यक्ष (लाइभ) हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्या मा नेपाली नागरिकहरू ले अन्त्य सम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका हुन ।

डा. ओम मूर्ति को ३० मिनेट लामो उक्त फेस बुक लाइभ लाई ९ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट समेत आएको थियो । फेस बुक लाइभ प्रस्तुति सम्पन्न हुँदा सम्म १ लाख ५० जनाले हेरेका थिए ।

लाइभ प्रस्तुति पछि ‘गिनिज वर्ड रेकर्डका सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति ले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका हुन । तर उनलाई गिनिज वर्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न केही समय लागेको थियो ।

व्यक्तिगत क्षमता, सीप र पहिचान भन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसार भरका मानिसको लागि प्रेरणाको स्रोत साबित हुनेछ ।

सामाजिक उत्थान र समाज प्रतिको जिम्मेवारी बोध गराउने यस्तो काम ले आम मानिसलाई मार्गदर्शन समेत हुने विश्वास गरिन्छ । यो रेकर्ड अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा जीवन्त उदाहरण समेत हो ।

डा. ओम मूर्ति ले मुटु रोगको रोकथामका लागि लामो समयदेखि फेस बुक मार्फत जन चेतना मूलक विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

डा. ओम मूर्ति को वर्ड बुक अफ रेकर्ड पनि 

वरिष्ठ मुटु रोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोस्रो विश्व रेकर्ड गत मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफ् एम् १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर ‘The longest running radio interview as a guest speaker on heart disease prevention’, भन्ने शीर्षकमा विश्व रेकर्ड कायम गरेका थिए ।

जसमा कार्यक्रमको प्रस्तोता (होस्ट) वरिष्ठ सञ्चारकर्मी शैलजा सिंहले गरेका थिए । उक्त कार्यक्रम समेत मुटु रोगको बारेमा सचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!