के तपाई सुत्दा बारम्बार घडी हेर्नुहुन्छ, कतै निद्राको चिन्ताको सिकार त हैन, जान्नुस यसका लक्षणहरू


स्वस्थ रहनका लागि स्वस्थ आहार र शारीरिक क्रियाकलापका साथ साथै राम्रो निद्रा पनि अति आवश्यक छ । निद्राले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्छ। राम्रो निद्राले हामीलाई धेरै समस्याबाट टाढा राख्छ भने निद्राको कमी पनि धेरै समस्याको कारण बन्न सक्छ। आजकल मानिसको जीवन शैलीमा तीव्र परिवर्तन आइरहेको छ, जसले निद्रामा पनि धेरै असर परिरहेको छ ।

आजकल मानिसहरू निद्रा सम्बन्धी धेरै समस्याहरूको सिकार भइरहेका छन् । निद्राको चिन्ता (स्लिप एग्जाइटी) यी समस्याहरू मध्ये एक हो । धेरै मानिसहरू यो समस्याको सिकार भइरहेका छन् तर धेरै जसो समय यसको बारेमा जानकारी नहुदाँ पहिचान गर्न गाह्रो हुन्छ ।

निद्राको चिन्ता के हो?

स्लिप एग्जाइटी एक प्रकारको चिन्ता हो जसमा व्यक्तिलाई पर्याप्त आराम नमिल्ने अनुभव गर्छ । जसका कारण सुत्ने वा राम्रो निन्द्रा लिने समस्या हुन्छ ।

यो प्रायः निद्राको कमीले गर्दा हुने हानिहरूको चिन्ता हुने गर्छ, जसले व्यक्तिको राम्रो र शान्त निद्रामा बाधा पुर्याउन सक्छ। यो चिन्ताले तनाव बढाउन सक्छ र दैनिक कामकाज प्रभावित हुन्छ।

निद्रा सम्बन्धी चिन्ता को लक्षण 

  • प्रायः धेरैजसो केही लक्षणहरू छन् जसले संकेत गर्दछ कि तपाई निद्रा चिन्ताको शिकार हुनुहुन्छ। यदि तपाइ आफैमा पनि यी लक्षणहरू देख्दै हुनुहुन्छ भने, तपाइ निद्रा चिन्ताको शिकार हुन सक्नुहुन्छ।
  • उठ्न कति समय बाकी छ भनेर लगातार घडी हेरिरहनु निद्राको चिन्ताको प्रमुख लक्षण हो ।
  • यदि तपाइलाई निद्राको चिन्ता छ भने, तपाइ पर्याप्त निद्रा नपाएको बारे मा धेरै चिन्ता गर्नुहुन्छ र त्यस पछि अर्को दिन चक्कर र थकाइ महसुस गर्नुहुन्छ ।
  • निद्राको चिन्ताबाट पीडित मानिसहरू प्रायः सुत्ने सही समयको बारेमा सोच्छन् । उसले आफ्नो दैनिक काम पनि त्यही समयमा पूरा गर्ने प्रयास गर्छन् ।
  • निद्राको चिन्ताबाट पीडित व्यक्तिले प्रायः आरामको बारेमा सोचि रहन्छ र गहिरो निद्रा प्राप्त गर्ने तरिकाहरू सोध खोज गर्छन् ।
  • यस्ता व्यक्तिहरू बिछाउनामा जाने विचारबाट पनि डराउँछन्, किनकी उनीहरूलाई निदाउन संघर्ष गर्नुपर्ने हुन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!