डा.पुकार भन्छन, ‘कलेजो प्रत्यारोपण गराउने ७ देखी १२ दिनमा घर फर्किन्छन्, ३० वर्ष भन्दा बढी सामान्य जीवन बिताउन सक्छन्’


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको पछिल्लो कलेजो प्रत्यारोपण को बिरामी बुधवार १२ दिनको अस्पताल बसाइँपछि घर फर्केका छन् ।

गत असोज २६ गते काठमाण्डौ जिल्लाका ६२ बर्षिया सासूलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान दिएकी थिइन । बुहारी ६ दिन र सासू १२ दिनमा डिस्चार्ज हुनुको सार्थै अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य छ ।

केन्द्रले हाल सम्म १४ जनाको कलेजो प्रत्यारोपण गरेको मा बिरामी शल्यक्रिया गरिएको ९ दिन देखी अधिकतम दुई साता भित्र घर फर्कने गरेका छन् ।

‘हामी कहाँ कलेजो प्रत्यारोपण गराउनेहरुको अस्पताल बसाइँ, निको हुने दर लगायतका अन्य मानकहरू अन्तर्राष्ट्रिय स्तर को छ’, केन्द्र का निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठका अनुसार हाल सम्म कलेजो प्रत्यारोपण गराएका हरू लाई सामान्य परिस्थिति मा दुई साता भन्दा बढी अस्पताल बस्नु परेको छैन ।’ अझ कलेजो दाता हरू त एक साता मै प्रत्यारोपण केन्द्र वाट डिस्चार्ज हुने गरेका छन् ।

‘सफल कलेजो प्रत्यारोपण र दीर्घकालीन बाच्ने सम्भावना बिरामी को विशेष परिस्थितिमा निर्भर गर्छ । सामान्यतया कलेजो प्रत्यारोपण गर्ने करिब ७५ प्रतिशत व्यक्ति कम्तीमा पाँच वर्ष सम्म बाच्छन् । धेरै जना २० वर्ष वा यो भन्दा पनि बढी समय बाच्ने गरेका छन्’, डा. पुकार भन्छन् ।

नेपालमा डा. पुकार कै नेतृत्व मा कलेजो प्रत्यारोपण को शूरवात भएको हो । प्रत्यारोपण केन्द्र ले स्वस्थ व्यक्तिले दिने कलेजो प्रत्यारोपण को साथै, मस्तिष्क मृत्यु वाट प्राप्त कलेजो प्रत्यारोपण समेत गर्दै आएको छ । प्रत्यारोपण केन्द्रमा नै मुलुकको पहिलो मस्तिष्क मृत्यु भएको व्यक्तिवाट प्राप्त कलेजो समेत प्रत्यारोपण गरिएको छ ।
शूरुको वर्षमा प्रत्यारोपण केन्द्र मा कलेजो प्रत्यारोपण अलि सुस्त भए पनि यो वर्ष हाल सम्म ५ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ । केन्द्र को अनुसार केही साता मै थप ३ जनाको कलेजो प्रत्यारोपण समेत हुँदै छ ।

कलेजो प्रत्यारोपण को उत्कृष्ट परिणाम आउन सक्छ । प्रत्यारोपण गराएका हरू शल्यक्रिया पछि ३० वर्ष भन्दा बढी सामान्य जीवन बिताउने गरेको देखिएको छ ।

कलेजो प्रत्यारोपण को शल्यक्रिया मा लाग्ने समय प्रकृयाको जटिलतामा निर्भर गर्छ । तर सामान्यतया यो प्रायः ५ देखी ८ घन्टाको बीच मा हुने औँल्याउदै डा. पुकार भन्छन–‘यो सबै सबै भन्दा जटिल शल्यक्रिया हो , बिरामी लाई एनेस्थेसिया दिए पछि शल्यक्रिया शुरु हुन्छ , यस अन्तर्गत क्षतिग्रस्त कलेजो हटाइन्छ र दाताको कलेजो लाई यसको ठाउँ मा प्रत्यारोपण गरिन्छ । दाताको कलेजो शल्यक्रिया पछि चाडै सामान्य अवस्थामा फर्किन्छ भने ग्रहणकर्ता नयाँ कलेजो को रूपमा प्राप्त गरेका भाग समेत केही साता मै बढेर सामान्य आकार को हुन्छ ।

मिर्गौला जस्तै केही केसमा दोस्रो पटक समेत कलेजो प्रत्यारोपण गराउनु आवश्यक पर्न सक्छ । डा.पुकार को अनुसार करिब एक सय जना बिरामी हरू मा ३ देखी ५ जना लाई दोस्रो पटक कलेजो प्रत्यारोपण गराउनु पर्ने आवश्यकता पार्न सक्छ । कलेजो पुनः प्रत्यारोपण गराउनु को कारण दाताको कलेजो ले राम्ररी काम नगर्ने वा कलेजोमा रगत आपूर्तिमा समस्या लगायतका धेरै कारण हरू हुन सक्ने डा.पुकार बताउँछन् । हाल सम्म मुलुकमा भने कुनै व्यक्ति लाई कलेजो पुनः प्रत्यारोपण गरिएको छैन ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै छ । डा. पुकार को नेतृत्वमा हुने कलेजो प्रत्यारोपण को लागि केन्द्रले न्यूनतम शुल्क १५ लाख रुपियाँ लिने गरेको छ । यस केन्द्रले ११ वर्षको समय मा देशमा सबैभन्दा बढी १ हजार १ सय ३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!