कोरोना सङ्क्रमणले सघन उपचार गराउनेको संख्या बढ्दै


काठमाडौँ — हाल मुलुक भरीमा कोभिड सङ्क्रमणले सघन उपचार गराउनेहरुको संख्या उकालो लाग्दै छ । शनिवार देशभरी आइसीयुमा ४६ र भेन्टिलेटरमा २ जना उपचार गराइरहेका छन । शनिवार एक जनाको मृत्यु समेत भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार धेरै संक्रमण देखिएको काठमाडौँ उपत्यकामा शनिबार जेनेरल बेडमा २१, एचडियुमा ४८, आइसीयुमा ३४ र भेन्टिलेटरमा १ जना कोभिड सङ्क्रमितको उपचार भइरहेको छ ।

पछिल्लो समय पीसीआर तथा एन्टिजेन गरी ४ हजार ६ सय ८२ नमुना परिक्षण गर्दा ६ सय ६० जनामा कोरोना संक्रमण  पुष्टि भएको हो ।हाल देशभरमा ५ हजार ६ सय ४१  जना सक्रिय संक्रमित रहेका छन ।

काठमाडौँ र ललितपुर जिल्लामा पाच सय भन्दा बढी संक्रमित रहेका छन । दुई सय भन्दा माथि संक्रमित रहेका जिल्ला मोरग  र कास्की हो  मनाङ, कालिकोट र हुम्ला मा सङ्क्रमितको संख्या शून्य छ ।

मुलुक भरीमा भएका कुल सक्रिय सङ्क्रमितको ५४.५६ प्रतिशत अर्थात ३ हजार ७८ जना संक्रमित काठमाडौँ जिल्लामा छन । यस्तै भक्तपुरमा ८७ र ललितपुरमा ७ सय ४७ जना सक्रिय संक्रमित छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!