यो दालमा अण्डा र कुखुराको मासु भन्दा बढी प्रोटिन हुन्छ


प्रोटिन शरीरको लागि अति आवश्यक पोषक तत्व हो । यो हाम्रो मांसपेशीहरू को निर्माण हेरचाह को लागी आवश्यक छ । प्रोटिनको राम्रो स्रोत अण्डा, मासु र दूध हुन । तर के तपाई लाई थाहा छ, बोडी मा यी सबै भन्दा बढी प्रोटिन हुन्छ ।

बोडी एक प्रकार को सुपरफुड हो जुन प्रोटिनको पावर हाउस हो। जसको सेवनले हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । यो सानो आकारको हरियो दानामा पोषक तत्त्वहरूको भण्डार हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। बोडी मा प्रोटिन, फाइबर, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट र अन्य धेरै पोषक तत्व पाइन्छ ।

जानौं बोडी खाँदा के के फाइदा हुन्छ

बोडी मा सबैभन्दा बढी पोषक तत्व पाइन्छ 

  • प्रोटिन – बोडीमा प्रोटिनको मात्रा धेरै हुन्छ । १०० ग्राम बोडीमा २५–३० ग्राम सम्म प्रोटिन पाइन्छ ।
  • फाइबर – बोडी उच्च फाइबर युक्त खाना हो । यसमा १६–२५ ग्राम प्रति १०० ग्राम फाइबर पाइन्छ ।
  • कम्प्लेक्स कार्बोहाइड्रेट – बोडी मा ६०–६५ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
  • आइरन– बोडी फलामको राम्रो स्रोत हो ।
  • भिटामिन सी र फोलेट – बोडी मा भिटामिन सी र फोलेट प्रचुर मात्रामा पाइन्छ ।

यस बाहेक बोडी मा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, आइरन र भिटामिन सबैभन्दा बढी मात्रामा पाइने पोषक तत्व हुन् ।

एनिमिया मा लाभदायक 

बोडी रक्त अल्पता (एनिमिया) मा फाइदाजनक हुन्छ किनभने यसमा फलामको मात्रा राम्रो हुन्छ। १०० ग्राम बोडी मा करिब ३.४ मिलि ग्राम फलाम हुन्छ। बोडी को नियमित सेवनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ र एनिमियाका लक्षणहरू कम गर्न मद्दत गर्छ।

तौल कम गर्न मद्दत गर्दछ

बोडीमा पाइने उच्च प्रोटिन र फाइबरले भोक कम गर्छ र पेट भरी राख्छ। बोडी कम क्यालोरी भएको खाना हो। जसका कारण अत्याधिक खाइँदैन । यसमा पाइने भिटामिन र मिनरल्सले तौल घटाउन मद्दत गर्छ । बोडी ले पाचन क्रियामा पनि सुधार गर्छ । यी सबै कारणले तौल घटाउनका लागि बोडी निकै प्रभावकारी साबित हुन्छ।

मधुमेह मा लाभदायक 

मधुमेहका रोगीहरूलाई आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने आहारको सेवन गर्न सल्लाह दिइन्छ । बोडी एक सुपरफुड हो जुन मधुमेह रोगीहरूका लागि धेरै लाभदायक छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!