पुरुष पार्टनरहरूले प्रायः महिलाहरूलाई बोल्ने झूटहरू

कतिपय अवस्थामा पुरुष पार्टनरले पनि श्रीमती वा प्रेमिकालाई इम्प्रेस गर्न वा उनीहरूको  रिस वाट जोगिन झुट बोल्छन्


सम्बन्धमा विश्वास सँगै सत्य पनि धेरै महत्वपूर्ण हुन्छ । किनकी झुट बोलेर धेरै पटक सम्बन्ध टुट्ने अवस्था आउँछ । तर, कतिपय अवस्थामा पुरुष पार्टनरले पनि श्रीमती वा प्रेमिकालाई इम्प्रेस गर्न वा उनीहरूको  रिस वाट जोगिन झुट बोल्छन् । त्यसोभए आउनुहोस् केही यस्ता झुटहरूको बारेमा कुरा गरौँ जुन प्रायः पुरुष पार्टनरले आफ्नो पत्नी वा प्रेमिकालाई वोल्छन ।

म एक्लै छु
कयौं पटक पुरुष महिला प्रति आकर्षित भएर उनीसँग मित्रता गर्छन् । र विवाहइतर प्रेम सम्वन्ध (एक्स्ट्रा मेरिटल अफेयर)को मामिलामा, उनीसँग झुट बोल्छन् की ‘म अविवाहित वा सिंगल छु’ । धेरै विवाहित पुरुषहरूले महिला साथी आफू सँग बोल्न नछोडोस् भनेर यो झुटो बोल्ने गर्छन ।

धुम्रपानका बारेमा
प्रायः पुरुषहरूले आफ्नो श्रीमती वा प्रेमिकासँग आफ्नो धूम्रपान गर्ने बानीको बारेमा झुट बोल्छन् । किनभने धेरै जसो महिलाहरूले पुरुषलाई धूम्रपान गर्न वाट रोक्ने गर्छिन् । यस्तो अवस्थामा पुरुषहरू झुट बोल्छन् र विभिन्न प्रकारका बहाना बनाउँछन् ।

प्रायः देखिन्छ कि पुरुषहरू आफ्नो साथी भाइसँग रमाइलो गर्छन् र उनीहरूलाई हरेक समय आफ्नो पत्नी वा प्रेमिकाको साथ मन पर्दैन। तर श्रीमती वा प्रेमिकाको रिस वाट जोगिन उनीहरू ‘म अहिले तिम्रै बारेमा सोचिरहेको थिए’, वा ‘म तिमी बिना बाच्न सक्दिनँ’, जस्तो बोल्ने गर्छन ।

पैसाको बारेमा झुट
धेरैजसो पुरुषहरूले आफ्नो प्रेमिका वा श्रीमतीसग आफू सँग धेरै पैसा र सम्पत्ति रहेको झुट बोल्छन्। यति सम्म की आफू सँग कम पैसा भएको कुरा उनीहरूले आफ्नो महिला पार्टनरको अगाडि आउन दिन चाहदैनन् ।

प्रेममा मामिलामा झुट 
जब कुनै पुरुष कुनै महिलासँग सम्बन्धमा रहन्छन् भने उसले ती महिला भन्दा अघि कति गर्लफ्रेन्ड थियो भनेर कहिले पनि भन्दैन । पुरुषहरू सधैँ यही भन्छन् कि तिमी पहिलो केटी हौ जसलाई मैले प्रेम गरें। यद्यपि, पुरुष हरू प्रायः आफ्नो पार्टनरलाई असुरक्षाको भावनाबाट जोगाउनको लागि यस प्रकारको झुट बोल्छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!