‘डा. पुकारले गरे अस्पताल प्रमुख सँग मस्तिष्क मृत्यु पछिको अंगदान अभियान सफल बनाउन आग्रह’


काठमाडौं– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका प्रमुख डा. पुकार चन्द्र श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु पछि हुने अंगदानको अभियानलाई सफल बनाउन काठमाडौं उपत्यका को सरकारी र निजी अस्पतालका प्रमुख हरू सँग आग्रह गरेका छन् ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामाकाठमाण्डौउपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालका प्रमुखहरूको उपस्थितिमा सोमवार अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममाडा. पुकारलेअस्पताल प्रमुखहरूसँग उक्त आग्रह गरेका हुन ।

डा. पुकार को अनुसार नेपालमा सडक दुर्घटनाका कारण बर्सेनि तीन हजार जनाको हाराहारीमा मृत्यु हुने र त्यस मध्ये करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको छ । दुर्घटनाले गर्दा यस्ता ‘ब्रेन डेथ’ दाताको अंगहरू सदुपयोग गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्म निर्भर हुन सक्ने सम्भावनामा बारे समेत सहभागीहरू सँग छलफल भएको थियो ।

विभिन्न अस्पताल प्रमुख हरूले मस्तिष्क मृत्यु पछि अंगदान अभियानमा हातेमालो गर्न तत्पर रहेको बताएका छन् भने यसका लागि अंगदान सचेतना अभियान सञ्चालन गर्नुपर्ने र धार्मिक गुरुहरूलाई पनि सहभागी गराउन सके धेरै बिरामीहरू ले पुनर्जन्म प्राप्त हुने सुझाव समेत दिएका हुन ।

उक्त कार्यक्रममा अमेरिकाको कुक कन्ट्री हेल्थ अस्पताल सिकागोका डा चन्द्र प्रकाश चटौतले शल्यक्रियाबाट ‘कसरी शीघ्र स्वास्थ्य लाभ गर्न सकिन्छ ?’ भन्ने विषयमा समेत प्रस्तुतीकरण दिएका थिए । यस्तै बेलायतको फ्रिम्यान अस्पतालका सघन उपचार विज्ञ डा. इयान नेसभिटले मस्तिष्क मृत्यु पछि हुने अंगदानका सम्बन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बि एण्ड बि अस्पतालका निर्देशक तथा बरिष्ठ चिकित्सक डा जे एल बैद्य, शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारी, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्ले सरिक थिए ।

यस्तै काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ, नर्भिक अस्पतालका सिइओ डा अजय मिश्र, मध्यपुर अस्पतालका निर्देशक डा. रविना प्रधानाङ्ग, चिरायु अस्पतालका निर्देशक डा. सञ्जिव राजभण्डारी, नेपाल कोरिया मैत्री अस्पतालका निर्देशक डा दिपेन्द्र कुमार रुशाले समेत कार्यक्रममा भाग लिएका थिए ।

कार्यक्रममा ब्लु क्रस अस्पतालका नर्सिङ्ग प्रमुख अञ्जु ढुंगेल, समाजिक अभियन्ता सरना श्रेष्ठ, प्रभात राज भण्डारी र विभाकार शाक्य, कान्ता भट्ट एवं नविना श्रेष्ठ लगायतको सहभागिता थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!