दैनिक कोरोना संक्रमण दर १५ प्रतिशत नाध्यो

नाक, मुख चिउडो छोप्ने गरी सहि ढंगले मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – मुलुकमा पछिल्लो तिन दिन देखी निरन्तर ‘दैनिक कोरोना संक्रमण दर’, १५ प्रतिशत नाघे पछि स्वास्थ्य मन्त्रालयले नाक, मुख चिउडो छोप्ने गरी सही ढंगले मास्कको प्रयोग, सामाजिक दुरी लगायतका स्वास्थ्य सुरक्षा मापदण्ड कडाइ साथ पालना गर्न अनुरोध गरेको छ ।

दिनहुँ संक्रमण दर मा बृद्घि सँगै जटिल स्वास्थ्य अवस्था भएर सघन उपचार आवश्यक भएकाहरूको संख्या समेत पछिल्लो दिनहरूमा बढ्दो छ । यति मात्र नभइ सक्रिय सङ्क्रमितहरूको संख्या समेत उकालो लाग्दै छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले बुधवार कोरोना महामारीको अद्यावधिक जानकारी दिदै सबै सँग स्वास्थ्य सुरक्षा प्रोटोकल कडाइ साथ पालना गर्न अनुरोध गरेका हुन ।

पिसिआर र एन्टिजेन गरी बुधवार ६ हजार २ नमुना परिक्षण गर्दा १५.२४ प्रतिशत अर्थात ९ सय १५ जनामा कोरोना देखिएको हो । पछिल्लो तिन दिन देखी कोरोनाको दैनिक संक्रमण दर १५ प्रतिशत भन्दा माथि नै देखिएको छ । १६ साउन अर्थात सोमवार १५.१४ प्रतिशत, १७ साउन, मंगलबार १५.०३ प्रतिशत दैनिक कोरोना संक्रमण दर देखिएको थियो ।

स्मरण रहोस् यस अघि १४ साउन अर्थात शनिवार दैनिक संक्रमण दर ११.८४ प्रतिशत र १५ साउन, आइतबार १०.६० प्रतिशत रहेको थियो ।

हाल देशभरीमा ४५ जना कोरोना संक्रमित सघन उपचार गराइ रहेका छन । यस अन्तर्गत प्रदेश १ मा ५ जना, बागमती मा ३६ जना, गण्डकी र सुदूर पश्चिममा एक/एक जना आइसीयुमा उपचाररत छन । बागमती प्रदेशका २ जना भेन्टिलेटरमा समेत छन ।

उपत्यकामा हाल १ सय १५ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएर उपचाररत छन । यस अन्तर्गत एचडीयुमा ४५ जना, जेनरल बेडमा ३२ जना, आइसीयुमा ३६ जना र भेन्टिलेटरमा २ जना उपचाररत रहेका हुन ।

झण्डै ७० प्रतिशत सक्रिय संक्रमित उपत्यकामा
मुलुकमा हाल रहेका कोरोनाका सक्रिय संक्रमित हरुमा झण्डै ७० प्रतिशत उपत्यकाका छन । बुधवार देशभरिमा रहेका ५ हजार ४ सय ३३ सक्रिय संक्रमित मध्ये ३ हजार ७ सय ७० अर्थात ६९.३९ प्रतिशत उपत्यकाका हुन । यस्तै देशभरी भएका सक्रिय संक्रमित मध्ये ५७.१५ प्रतिशत अर्थात ३ हजार १ सय ५ जना काठमाडौं जिल्लाका हुन ।

७०.६ प्रतिसत ले पूर्ण मात्रा खोप लिए
हाल सम्म मुलुकमा कुल जनसङ्ख्याको ७० .६ प्रतिशत अर्थात २ करोड ६ लाख ७ हजार २ सय ४७ जना ले पूर्ण मात्रा खोप लिएका छन । यस्तै कुल जनसङ्ख्याको ७३.९ प्रतिशत अर्थात २ करोड १५ लाख ७६ हजार ८ सय ६७ जनाले एक मात्रा खोप लिएका छन । हाल सम्म पूर्ण मात्रा खोप लिएर समय पुगिसकेका ७३ लाख ८ हजार ७१ जनाले बुस्टर डोज समेत लिएका छन । मुलुकमा ५ वर्ष माथिको लागि कोरोना विरुद्धको खोप उपलब्ध छ । बुधवार देशभरीमा ५५ हजार ५ सय ५९ जनाले कोरोना विरुद्धको खोप समेत लगाएका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!