अत्यन्त गुणकारी पिस्ता


ड्राइ फ्रुटस को रूपमा उपयोग गरिने पिस्ता एउटा राम्रो स्नेक्स मात्र नभएर स्वास्थ्यको लागि समेत लाभदायक छ । पिस्ताका केही टुक्राहरू दैनिक खाजाको रूपमा पनि खान सकिन्छ ।

मोनोस्याचुरेटेड फ्याटी एसिडको राम्रो मात्राका कारण पिस्ताले मुटुको स्वास्थ्यलाई पनि राम्रो राख्छ । यसले हृदय स्वस्थ राख्न आवश्यक कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छन्।

आँखाको स्वास्थ्य राम्रो राख्न पनि पिस्ता खान सकिन्छ । यसमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ । पिस्ताले आँखाको समस्यालाई टाढा राख्छ र आँखालाई आवश्यक एन्टिअक्सिडेन्ट प्रदान गर्दछ, जसले आँखालाई घामबाट हुने क्षतिबाट पनि बचाउँछ ।

पिस्ता खादा पाचन क्रियामा समेत सुधार हुन्छ । किनभने पिस्ता डाइटरी फाइबरको राम्रो स्रोत हो जसले पाचन शक्तिलाई बलियो बनाउँछ । यस बाहेक पिस्ता गुड गट ब्याक्टेरिया (पेट रहने फाइदा कारी व्याक्टेरिया) का लागि राम्रो साबित हुन्छ।

यसमा राम्रो मात्रामा स्वस्थ बोसो , प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ जुन पेटको स्वास्थ्यका लागि राम्रो हुन्छ । पिस्तामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई अक्सिडेटिभ तनावबाट बचाउँछ ।

यसमा प्रचुर मात्रामा भिटामिन सी र भिटामिन ई पाइन्छ । कोशिकालाई क्षति हुनबाट जोगाउन पिस्ताको सेवन गर्न सकिन्छ। यसलाई एन्टी एजिङ डाइटको हिस्सा पनि बनाउन सकिन्छ ।

एक अध्ययन अनुसार यसको नियमित सेवनले शरीरमा कार्बोहाइड्रेटको मात्रालाई नियन्त्रित गरेर रगतमा चिनीको स्तरलाई घटाउ छ । अध्ययन अनुसार पिस्ता बदामलाई कार्बोहाइड्रेट युक्त खाद्य पदार्थ सँग खानाले शरीरमा कार्बोहाइड्रेटको अधिकता पुग्दैन जसले गर्दा रगतमा चिनीको मात्रा बढ्दैन ।

अनुसन्धान अनुसार पिस्ताको सेवन मधुमेहको रोगीको संख्या लाई नियन्त्रण गर्छ । उक्त अध्ययन अनुसार मधुमेह को उपचार र बचाउको लागि रगतमा चिनीको स्तरलाई नियन्त्रणमा राख्नु आवश्यक छ । सामान्यतया रगतमा चिनीको स्तर कार्बोहाइड्रेटको अधिक ताले बढ्छ । पिस्ताको सेवनले भने शरीरमा कार्बोहाइड्रेटको मात्रा लाई बढ्न नदिएर रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने अध्ययनले जनाएको छ ।

यस्तै उक्त अध्ययनले नै पिस्ता भोकलाई उत्तेजित गर्ने हर्मोनलाई नियन्त्रण गर्ने समेत थाहा पाइएको छ । यसले लामो समय सम्म मधुमेहबाट बचाउ सम्भव छ । स्मरण रहोस् अत्यधिक भोजन गर्न शरीरमा कार्बोहाइड्रेटको मात्रामा बृद्घि हुन्छ र यो मधुमेहको सबै भन्दा ठुलो कारण हो ।

यस्तै अन्य अनुसन्धान हरूको अनुसार दिनहुँ पिस्ता खानाले फोक्सो तथा अर्को प्रकारको क्यान्सर ग्रस्त हुने सम्भावनामा समेत कमी आउँछ । अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चका अनुसार यसमा गामा टोकेफेरोल पार्यने गरिएको छ । यति मात्र नभई यो कोलेस्ट्रोल घटाउनु को साथै मानव शरीरलाई एन्टि अक्सिडेन्ट समेत उपलब्ध गराउँछ । यसको एन्टि अक्सिडेन्टले उमेरको साथ बृद्घि हुने दुष्प्रभावलाई कम गर्न सहायक हुन्छ ।

विशेषज्ञहरूको अनुसार एक सय ग्राम पिस्तामा १९ दशमलव ३ ग्राम प्रोटिन, १४ मिलि ग्राम आइरन र एक सय ४० मिलि ग्राम क्याल्सियम हुन्छ । आइरन श्वसन प्रकृयालाई दुरुस्त गर्ने शरीरमा ऊर्जा दिनु को साथै रगत कोशिकाको निर्माणमा समेत सघाउँछ ।

पिस्तामा बोसोको प्रचुरताले गर्दा कोलेस्ट्रल सन्तुलन मा सहायता मिल्छ । यसलाई लो ग्लाइसेमिक फुडको श्रेणीमा राखिएको छ । आठ वटा आवश्यक पोषक तत्व समावेश भएको पिस्तालाई ‘एन्टि अक्सिडेन्ट स्नेक्स नट’ को रूपमा समेत जानिन्छ । यसमा भिटामिन वि–६, रेसा पर्याप्त मात्रामा हुनुको साथै क्यालोरी समेत कम हुन्छ । पिस्ताले ब्लड लिपिडको स्तर समेत सन्तुलित हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!