पुरुषका लागि निकै फाइदा जनक खजूर


प्राचीन काल देखी नै खजूरलाई बल वर्धक मानेर उपयोग हुँदै आएको छ । खजूर एक सुपर फुड हो ।  आयुर्वेद अनुसार खजूर शीतल, मधुर रस भएको, स्निग्ध रुचिकारक हो । यो मुटुको लागि राम्रो मात्र नभई तृप्ति दायक समेत मानिन्छ ।

आयुर्वेदले खजूरलाई वीर्य वर्धक, पौरुष जगाउने बल दायक मानिन्छ । मानिसहरू शताब्दीयौं देखि यौन स्वास्थ्य र प्रजनन क्षमता सुधार गर्न खजूरको उपभोग गर्दै आएका छन् । पुरुषहरूको लागि खजूर सेवनले प्रजनन क्षमता र शुक्राणुको गुणस्तर बढ्छ । यो एस्ट्राडियोल र फ्लेभोनोइड्सले भरिपूर्ण हुन्छ, जसले शुक्राणुको संख्या बढाउन मद्दत गर्छ। यसको सेवन क्षय, रक्त पित्त, वायु, वान्ता, कफ ज्वरो अतिसार, भोक प्यास, खोकी, स्वास, दम मुर्च्छा, र वात पित्तमा अति उपयोगी मानिन्छ ।

खजूरलाई रक्सी सेवन ले भएको शारीरिक क्षति, रोगलाई नष्ट गर्न समेत उपयोगी मानिन्छ । हृयाङ ओभरबाट छुटकारा पाउनका लागि खाली पेटमा खजूरको सेवन गर्नु उत्तम उपाय हो ।

खजूरमा प्रशस्त मात्रामा आइरन हुने भएका ले यसले कपाललाई मजबुत बनाउन काम गर्छ । आइरनले रक्तसञ्चारमा पनि सुधार गर्छ, जसले पुरुषको कपाल छिटो बढ्न मद्दत गर्छ ।

खजूर खानु मस्तिष्कका लागि निकै फाइदा जनक हुन्छ । खजूर सेवनले मस्तिष्कको कार्यलाई बढावा दिन्छ र अल्जाइमर जस्ता न्यूरोडिजेनेरेटिभ रोगहरूको जोखिम कम गर्दछ। यस बाहेक खजूरमा भिटामिन बी र कोलिन पनि पाइन्छ जसले स्मरण शक्ति र सिकाइ शक्तिमा सहयोगी साबित हुन्छ ।

आयुर्वेदले यसलाई सित वीर्य मानेको छ । तर सुके पछि छुहारा न्यानो प्रकृतिको भई हाल्छ । खजूरमा प्रोटिन १.२, बोसो ०.४, कार्बोहाइड्रेट ३३.८, सुत्र ३.७, खनिज द्रव्य १.७, क्याल्सियम ०.०२२ तथा फस्फोरस ०.३८ प्रतिशत हुन्छ ।

खजूरको वृक्षको रसमा भिटामिन वि र सि पर्याप्त मात्रा मा हुन्छन् । केही समय सम्म खजूरको वृक्षको रस राख्दा रक्सी जस्तै वस्तुमा परिणत हुन्छ जसलाई ‘ताडी’ भनिने गरिएको छ । खजूर वृक्ष वाट निकालिएको रस लाई तुरुन्त उपयोग गर्दा धेरै पौष्टिक र बल वर्द्धक मानिन्छ । तर यसलाई केही समय राख्दा ‘फर्मन्टेसन’को कारण या नसा उत्पन्न गर्ने ताडीमा परिणत हुन्छ ।  खजूरको रसको गुड समेत बनाइन्छ । यो गुडको उपयोग वात र पित्त हटाउनमा गरिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!