अत्यन्त फाइदा कारी मसला मरीच


राम्रो स्वास्थ्य को लागि परापूर्व काल प्रयोग हुँदै आएको मरीच नेपालीहरूको भान्सा कोठाको एउटा महत्वपूर्ण मसला हो । युरोपमा समेत खाना पकाउन मा सबै भन्दा आम मसलामा पिसेको मरीच नैहो ।

यसमा पेपराइन नाउ गरेको रसायन हुन्छ, जसले गर्दा यसको स्वाद तीखो हुने गरेको हो । पेपराइन पाचन तन्त्र को लागि फाइदा कारी मानिन्छ । यसको सेवनले पाचन क्षमतामा बृद्घि सँगै खाना राम्ररी अवशोषित हुन्छ ।

यसलाई एन्टिसेप्टिकको रूपमा उपयोग गर्नु को बाहेक हैजा र ब्रोंकाइटिस, रुघा खोकीको उपचारमा समेत प्रयोग गरिन्छ ।

मरीच शरीरको बोसो घटाउन सहयोग गर्ने पछिल्लो समय ताइवान मा गरिएको एउटा अनुसन्धानले देखाएको छ । एग्रिकल्चर एण्ड फुड केमिस्ट्रीमा उक्त अनुसन्धान प्रकाशित भएको हो ।

यसमा पाइने एउटा रसायन कैप्सेसिन को क्रिया बोसो को कोषलाई आफै नष्ट गर्न बाध्य गर्छ । यही यौगिकले मरिचको खास स्वाद र सुगन्धी हुने गरेको छ ।

मरिचले शरीरको मेटावोलिक दर बढाउँछ र यो दर बढ्नाले तौलमा कमी आउँछ । अर्थात् तौल घटाउने अन्य उपाय सँगै खानामा मरीच को प्रयोगले सकारात्मक परिणाम दिन्छ ।

यस अघि गरिएका केही अध्ययनहरू अनुसार मरीच प्रोस्टेट र प्याङ्क्रियाजको क्यान्सर कोषलाई आफै नष्ट गर्छ । मरीच मा पाइने पाइपरिन थुप्रै प्रकारको क्यान्सर हुन वाट रोक्न सक्छ । प्रोस्टेट क्यान्सरमा उपयोग गरिने किमोथेरापी औषधि मा समेत पाइपरिन पाइन्छ ।

मरिचमा पाइने पिपेरिन सेरोटोनिन को उत्पादनमा बृद्घि गरेर एउटा एन्टि डिप्रसेन्ट को रूपमा काम गर्छ । यो अम्लको उत्पादन रोकेर शरीरमा अल्कलीको स्तर बढाउँछ । स्मरण रहोस् अल्कली यस्तो ईनआर्गेनिक यौगिक हो जसले अम्लको गतिविधि लाई नियन्त्रित गर्छ । र पेटको कोषहरूमा रगतको बहावलाई बढाउँछ । अनुसन्धान अनुसार जुन मुलुकमा मरिचको उपयोग बढी हुन्छ त्यहाँ पेटको रोग र ग्यास्ट्रिक अल्सरको समस्या कम देखिने गरिएको छ ।

मरिचमा एन्टिईन्फ्लामेन्टरी (सुन्निने कम गर्ने) क्षमता समेत हुने गरेको छ । यो मुत्रवर्धक डाएफोरेक्टिभ भएकोले पिसाब र पसिना बढाउँछ । जसले शरीरमा विषाक्त पदार्थ र बढी पानी लाई बाहिर निकाल्न सघाउँछ । यसको खपतलाई समेत नियन्त्रित गर्नु आवश्यक छ । एक पटकको भोजनमा एक चिम्टी मरीच नै पर्याप्त हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!