देउवा सरकार ले स्वास्थ्य र मेडिकल शिक्षा लाई अस्त व्यस्त पार्ने कदम चालेको डा केसी को आरोप


काठमाडौं -मुलुकमा लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्षरत डा गोविन्द केसी ले  प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई अस्तव्यस्त पार्ने कदमहरू चालेको आरोप लगाएका छन । उनले आफ्नो सबै मागहरू पूरा नभए कुनै पनि बेला सत्याग्रह शुरु गर्ने चेतावनी समेत दिएका छन ।

डा. केसी ले सोमवार विज्ञप्ति जारी गर्दै देउवा सरकार मा उक्त आरोप लगाउनु को साथै आफ्नो माग पुरा नभए कुनै पनि वेला सत्याग्रह शुरु गर्न सक्ने चेतावनी दिएका हुन ।

सरकारले आफूहरू सित  बारम्बार सम्झौता गरे पनि तीमध्ये धेरै अझसम्म पनि कार्यान्वयन न गरेको जनाउदै डा केसी ले बरु देउवा नेतृत्वको वर्तमान सरकारले उल्टै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई अस्तव्यस्त पार्ने कदमहरू चालेको उल्लेख गरेका छन ।

पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक पटक भागबन्डाका आधारमा नियुक्ति भएको औँल्याउदै डा . केसीले विज्ञप्ति मा भनेका छन – ‘संस्था सुधार र सुदृढीकरणका लागि लामो संघर्ष चलेको तथा प्रतिष्ठानका उपकुलपति लगायतका अयोग्य र भ्रष्ट पदाधिकारीहरूमाथि कारवाही गर्न माग उठिरहेको बेलामा देउवा सरकारले कुनै आधार र मापदण्ड विना कनिष्ठ तथा अनियमिततामा मुछिएका व्यक्तिहरूलाई अरु पदाधिकारीमा नियुक्त गरेको छ ।’

सत्तारुढ दलको निकृष्ट स्वार्थअनुसारका हुने त्यस्ता नियुक्तिहरुले संस्थालाई झनै बर्बाद बनाउने निश्चित रहेको जनाउदै विज्ञप्ति मा प्रतिष्ठानको रजिष्ट्रार र अस्पतालको निर्देशक नियुक्तिमा भएको भागबन्डाको राजनीति निन्दनीय रहेको उल्लेख छ ।

यस्ता संस्थाहरूमा वरिष्ठ र क्षमतावान व्यक्तिहरू मध्येबाट वस्तुगत आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने माग सहित आफू हरु  एक दशकदेखि संघर्षरत रहेको समेत जनाइएको छ ।

सरकार आफैं गठन गरेका दुई समितिहरूले सिफारिस सहित प्रतिवेदनसमेत बुझाइसकेका जनाउदै विज्ञप्ति मा  तिनलाई कानुनी रुप दिएर तत्काल कार्यान्वयन गर्न तथा बीपी प्रतिष्ठानमा रजिस्ट्रार र निर्देशक पदमा अनियमिततापूर्ण भएका नियुक्तिहरू तत्काल सच्याउन सरकार लाई ध्यानाकर्षण समेत गराइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!