पाचन को समस्या भए खाली पेट नखानुस् लसुन


लसुन सुपर फुड हो । मुटु सँग सम्बन्धित गुणले गर्दा लसुन अत्यन्त मूल्यवान छ । धेरै जसो व्यक्ति मुटु रोग वाट बाच्न बिहान खाली पेट मा २–३ पोटी काँचो लसुन खान्छन् ।

यसमा एन्टि अक्सिडेन्ट , एन्टी फंगल, एन्टी भाइरल , र एन्टि माइक्रोवियल गुण पाइन्छ । यो शरीरलाई स्वस्थ राख्ने काम गर्छ । लसुनको सेवन मुटु रोगको जोखिम कम गर्न सहयोगी हुन सक्छ ।

आयुर्वेद को अनुसार बिहान लसुन खानाले धेरै प्रकारको स्वास्थ्य सँग सम्बन्धित फायदा हुन्छ । लसुनको फायदा उच्च रक्तचाप नियन्त्रित गर्छ लसुन मा एन्टी हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचाप लाई कम गर्ने गुण हुन्छ । यसैले गर्दा यसको सेवनले उच्च रक्तचाप लाई नियन्त्रित गर्छ । राम्रो कोलस्ट्रोल बढाउँछ लसुन को सेवन एलडीएल ( खराब कोलेस्ट्र्रोल) लाई कम गरेर एचडिएल( राम्रो कोलेस्ट्र्रोल) लाई बढाउन सघाउँछ । लसुनमा एन्टी हाइपरलिपेडिमिया गुण हुन्छ जसले एलडिएल सँगै टोटल कोलेस्ट्र्रोल लाई कम गर्न सघाउन सक्छ ।

सावधानी 

पेट सँग सम्बन्धित समस्या भएका हरू लसुन सेवन गर्न वाट जोगिनु पर्छ । जब तपाइ शल्य क्रिया गराउन जानु हुन्छ भने लसुन सेवन गर्नु राम्रो मानिँदैन ।

नोक्सान

बिहान लसुन एक–दुई पोटी भन्दा बढी लसुन न खानुस् । खाली पेटमा बढी लसुन खानाले एसिडिटीको समस्या, वान्ता, पखाला, अपच , र ग्याँस को समस्या उत्पन्न हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!