सावधानः यदि ससानो बच्चाको हातमा रहन्छ मोबाइल, भने हुन सक्छ भर्चुअल अटिज्मका शिकार


भारत उत्तर प्रदेशको झाँसी की मानसिक चिकित्सक डा.सिकाफा जाफरिनको अनुसार ससाना नानीहरूको हातमा मोबाइल फोनले गर्दा उनीहरू मानसिक रूपले विकलांग बन्ने सम्भावना बढ्दो छ । उनीहरूको आईक्यू कम हुन थाल्छ । पछिल्लो केही समय मा भर्चुअल अटिज्म को रोग २ वर्ष भन्दा कम उमेरको बच्चामा तीव्र गतिले फैलि रहेको छ ।
डा.जाफरिनले न्युज १८ लाई दिएको भिडिओ अन्तर्वार्तामा उक्त कुरा बताएकी हुन । आजकल मोबाइल हरेक व्यक्तिको पहुँचमा छ । आमा बुवा ले ससाना छोरा छोरी लाई भुलाउन, रुन नदिन, मन बहलाउन हातमा मोबाइल दिने गरेका छन् । अवस्था यस्तो छ कि ६ महिनाका बालबालिकाको हातमा पनि मोबाइल छ । कुनै समय सहयोगी हुने मोबाइल फोन अहिले बिस्तारै घातक बन्दै गएको डा.जाफरिन बताउँछिन् ।

आमा बाबुले आफ्ना छोरा छोरीलाई मोबाइल फोन दिन्छन् तर मोबाइल फोनले आफ्ना छोरा छोरीलाई मानसिक रूपमा अपाङ्ग बनाइरहेको छ भन्ने बुझ्दैनन् । पछिल्लो समय २ वर्ष मुनिका बालबालिकामा भर्चुअल अटिज्मको रोग तीव्र गतिमा फैलिरहेको समेत उनको दाबी छ ।

मनोचिकित्सक डा जाफरीनको अनुसार आजकाल अभिभावकले छोराछोरीलाई मोबाइल दिने गरेकोले यो मोबाइल फोनका कारण बालबालिकामा अनौठो परिवर्तन भइरहेका छन् । ‘यदि तपाई को बच्चा २ वर्ष को भइ सके पनि राम्ररी बोल्न सक्दैन, प्रायः चिढिन्छ, रिसाउने, आफ्नो परिवारका सदस्यहरूलाई चिन्न चिन्दैन, नाम लिदा समेत तपाई तिर हेर्दैन, कसै सँग आँखा मिलाउँदैन, प्रतिक्रिया (रिस्पोन्स) दिँदैन, एउटै काम लाई बारम्बार दोहराउछ भने तपाई सतर्क हुनुपर्छ । तपाईको बच्चा भर्चुअल अटिज्मको सिकार हुँदैछ । यो रोग यति घातक छ कि यसले तपाई को बच्चालाई मानसिक रूपमा अपाङ्ग पनि बनाउन सक्छ ।

आमा बुवा सँग छ यसको समाधान

डा सिकाफाले यो रोगको उपचार चिकित्सक भन्दा अभिभावकको हातमा रहेको बताउँछिन् । आफ्ना छोरा छोरीलाई निको पार्न अभिभावकले आफैँमा पनि केही परिवर्तन गर्नुपर्ने हुन्छ । सबै भन्दा पहिले, आफ्नो बच्चाहरू सँग कुरा गर्न सुरु गर्नुहोस्। आफ्नो मनोवृत्ति पूर्ण रूपमा सकारात्मक राख्नुहोस् । बच्चाहरूलाई खेल्न मात्र भन्नु भन्दा पनि तिनिहरूसँग आफै खेल्नुहोस् । सँगीत र कला जस्ता रचनात्मक गतिविधिहरूमा बालबालिका लाई संलग्न गराउनुहोस् । तिनिहरू सँग आफै चित्र कोर्दै बस्नुहोस् । बालबालिकाको स्क्रिन समय कडाइ साथ सीमित गर्नुहोस् । तिनिहरूको सुत्ने समयलाई ठीक गर्ने प्रयास गर्नुहोस्। बच्चाहरूलाई पूर्ण समय दिनुहोस् र धैर्यताका साथ तिनिहरू लाई क्रमशः सुधार गर्नुहोस्। यी कुराहरू पालना गर्नाले बच्चा बिस्तारै मोबाइलबाट टाढा हुँदै अन्य कुराहरूमा ध्यान दिन थाल्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!