सेतो कपाल उखेल्दा यसको संख्या बढ्छ ?


कपाल सेतो हुन थाल्दा शुरु मा धेरै जसो व्यक्तिले यसलाई उखेल्ने गरेका छन । तर समाजमा यसरी सेतो कपाललाई उखेल्दा यसको संख्या बढ्ने जन विश्वास समेत छ ।

यदि हामीले टाउको वा शरीर को जुनसुकै भागमा भएको सेतो कपाल उखेल्यौ भने यसको संख्या बढ्छ ? जानौं यस बारे छाला रोग तथा सौन्दर्य विशेषज्ञ प्रा.डा.धर्मेन्द्र कर्ण के भन्छन् ।

कपाल सेतो हुनु भनेको बुढ्यौली हुने प्राकृतिक प्रक्रिया हो । जुन कपाल(रौँ)को कूप (हेयर फलिकल) मा मेलानिनको कमीले गर्दा हुन्छ । सेतो कपाल (रौँ) उखेल्दा वा भाँच्दा थप कपाल पहेँलो हुन्छ कि हुदैन भन्ने जिज्ञासा धेरै व्यक्तिले राख्ने गरेका छन् । यसबारे विस्तृतमा जान्न पहिले यसको कपाल वा रौँ सेतो हुने विभिन्न प्रकृया बारे जानौं ।

कसरी हुन्छ सेतो कपाल ?

हाम्रो टाउको वा अन्य ठाउँमा कपालको फोलिकल्स हुन्छन् र त्यहाँबाट हाम्रो कपाल बढ्छ । कपालको कूप वरिपरि मेलानोसाइट्स हुन्छन्, जसले मेलानिन उत्पादन गर्दछ। मेलानिन एक रङ्ग द्रव्य हो जसले कपाललाई यसको प्राकृतिक रङ्ग दिन्छ । जब मेलानिल को उत्पादन मा कमी आउँछ, कपालले यसको प्राकृतिक रङ्ग गुमाउन थाल्छ । यो धेरै कारणले हुन सक्छ, जस्तै बुढ्यौली, तनाव, आहार, आनुवंशिक आदि, आदी । पिग्मेन्टेशन अर्थात रङ्ग द्रव्य मा कमी आउन थाले पछि कपाल सेतो हुन्छ । मेलानोसाइट्स, पिग्मेन्ट उत्पादन गर्ने कोशिकाहरू हुन, उमेर बढ्दै जाँदा फलिकल भन्दा टाढा हुन थाल्छन् । अक्सिडेटिभ तनावको कारण उत्पन्न हुने फ्री रेडिकलहरूले समेत तपाई को टाउकोको कोशिकाहरूलाई पनि क्षति पुर्याउन सक्छ र समय अगावै सेता कपाल को कारण बन्न सक्छ ।

के सेतो कपाल टिप्दा, उखेल्दा बढ्छ?

हाम्रो छालामा भएको हरेक कपालको फोलिकलले स्वतन्त्र रूपमा काम गर्छ । एउटा सेतो कपाल तोड्दा वा उखेल्दा सेतो कपालको संख्या बढ्दैन। सेतो कपाल टिप्दा, कपाल सेतो हुनु धेरै कारणले हुन्छन । तपाइ सेतो कपाल उखेल्नुस् वा नउखेल्नुस तर यो पनि हुन सक्छ की त्यसको वरपरका अन्य कपालले पनि आफ्नो रङ्ग गुमाउन थालेको होस तिनिहरू को वृद्धि सेतो कपाल काटेर उखेलेर वा तोडेर पटक्कै हुँदैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!